राप्ति समितिको टिकटमा हस्पिटलमा छुट पाईने

साक्षी खबर, तुलसिपुर ,बैशाख ३
राप्ती अंचल सार्बजनिक यातायात ब्यबसायी समितिबाट कुनै पनि रुटहरुमा यात्रा गर्दा लिएको टिकटमा उपचारमा छुटको ब्यबस्था गरिएको छ ।

समितिको टिकट काटी यात्रा गरेमा यात्रु बर्गलाई काठमाडौं रहेको मेट्रो हस्पिटल प्रा.लीमा उपचार गराउदा दस प्रतिसत छुट पाईने ब्यबस्था गरिएको हो ।
समितिका अध्यक्ष सुरेश हमाल र मेट्रो हस्पिटलका सञ्चालक प्रकाश् वलि बिच भएको सहमतिअनुसार हस्पिटललले दिने सेवाहरु ओटि, अप्रेसन, आईसियु, लगायतका सबै सेवाहरुमा बिरामीलाई एक पटकमा दस प्रतिसत सम्म छुट दिने सम्झौता भएको हस्पिटलका सञ्चालक वलिले जानकारी दिए ।
पहिलो चरणमा बिरामिहरुलाई केही राहतको महसुस गराउन राप्ती समिति र हस्पिटलका बिचमा एक बर्षका लागि सम्झौतामा पत्रमा हस्ताक्षर गरिएको समितिका प्रशासनिक सचिब नारायण न्यौपानेले वताए ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई wee[email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस