चंगाले बालिकालाई सय फिट माथि उडाएपछी

पुष ०९, २०७७  | १८५ पटक पढिएको

०९ पुस, काठमाडौं ।

ताइवानमा एक चंगा महात्सवमा तीन वर्षका एक बालिका चंगाको तल्लो भागमा बेरिएर चंगासँगै उडेर धेरै उचाइसम्म पुगेको तर ठुलो दुर्घटना हुनबाट भने बचेको बताइएको छ ।

चंगामा तल्लो झुन्डिएको पुच्छरको भागमा बेरिएकी ती बालिका सयफिट माथि पुगेकी थिइन् । यस क्रममा त्यहाँ जम्मा भएकाहरुले ती बालिकालाई बचाए । उक्त घटनाको भिडियो सामाजिक सन्जालमा ब्यापक भाइरल भएको छ ।

ताइवानको सिन्चु सहरमा चंगा उत्सवको आयोजना भइरहेको छ । ताइवानको कुनाकाप्चाबाट चंगा पारखीहरु आफ्नो क्षमता देखाउन यहाँ जम्मा भएको समाचारमा जनाइएको छ ।

यसै भिडको बीचमा एक चंगा पारखीले गुलाफी रंगको ठुलो आकारको चंगा उडाइरहेको थियो । त्यही बेला चंगाको तलको भागमा ३ वर्षिया ती बच्ची अल्झिन पुगेको थियो ।

यो घटना देखेर त्यहाँ उपस्थित सबै चकित परेका थिए । यस क्रममा ती सानी नानी हावामा ३० सेकेन्ड तलमाथि उछालिएकी थिइन् ।

उत्सवमा सहभागी हुन पुगेकाहरुले तत्काल सतर्कता देखाउँदै ती बालिकालाई बचाएका थिए । ती बच्चाको नाम लिन भएको बताइएको छ ।

यस घटना पछि स्थानीय प्रशासनले चंगा उत्सवका आयोजकलाई सकेसम्म चाँडो उत्सव सकाउन आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस