२०७९ माघ १३, शुक्रबार

विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

बैशाख ०३, २०७६  | १०५१ पटक पढिएको

३ वैशाख, काठमाडौँ / नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

महानिरीक्षक खनालले दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारणा गर्नसक्ने क्षमता प्राप्त होस् भन्दै समवेदना व्यक्त गर्नुभएको छ । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस