२०७९ माघ २१, शनिबार

अन्जु पन्तको गीतमा छोरीको अभिनय

मंसिर २६, २०७७  | १०७७ पटक पढिएको

२६ मंसिर, काठमाडौं /

गायिका अन्जु पन्तको ‘धेरै माया नदेऊ मलाई’ गीत सार्वजनिक गरिएको छ । पन्तको पहिलो पटक संगीत गरेको गीतमा पन्तकै स्वरमा र शब्द रचना सुरेश वाग्लेको रहेको छ ।

गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।

परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन ।

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियो गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मा हेर्न सकिनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस