२०७९ माघ २६, बिहीबार

सामुदायीक रेडियो कपुरकोटको वार्षिक उत्सवः “काला काफल, चिसो पानी र गुराँस संगै कलाकारहरुको प्रस्तुती”

बैशाख ०२, २०७६  | १२०४ पटक पढिएको

२ बैशाख, सल्यान / चिसो पानी, काला काफल र ढकमक्क लालिगुराँसले मनमोहक बनेको सल्यान कपुरकोटमा सामुदायीक रेडियो कपुरकोटले अन्तरक्रिया, सम्मान र साँस्कृतिक कार्यक्रम सहित आफ्नो वार्षिक उत्सव मनाउने भएको छ ।

विगत झै यो वर्ष पनि वृहत रुपमा रेडियोले आफ्नो नवौँ वार्षिक उत्सव मनाउने भएको हो । विकास र सचेतनाका लागी रेडियोको भूमिका विषयक अन्तरक्रिया, सम्मान तथा सांस्कृतिक प्रस्तुती सहित हजारौँ दर्शकहरुको विचमा वार्षिक उत्सव मनाउन लागिएको रेडियो कपुरकोट एफएम १०६.१ मेगाहर्जका कार्यकारी प्रमुख सन्तोष घर्तीले जानकारी दिएका छन् ।

आउँदो बुधबार कपुरकोटमा हुने कार्यक्रममा लोक गायिका सम्झना भण्डारी, लोक दोहोरी गायक गोपाल नेपाल जिएम लगायत स्थानीय कलाकारहरुले प्रस्तुति राख्ने रेडियोले जनाएको छ । आफ्ना विज्ञापनदाता तथा आम श्रोताहरुमा उपस्थितीका लागि रेडियोले अनुरोध पनि गरेको छ ।

विक्रम संवत् २०६६ सालमा स्थापना भएको गाउँवेशी सूचना केन्द्र सल्यानद्वारा सञ्चालित रेडियो कपुरकोटले स्वास्थ्य तथा कृषि क्षेत्र संग सम्बन्धित विभिन्न निकायहरुसँगको समन्वयमा त्यस अनुसारका सचेतनामूलक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस