जन्मदिनको अबसरमा वृद्धालाई सहयोग

विजौरी

दाङको विजौरी निबासी वावुराम रेग्मीले आप्mनो जन्मदिनको अवसरमा तुल्सीपुर उपमहानगर पालिका वडा नं. १८ अस्पतालडाडाँ निवासी ८४ वर्षिय एकल वृद्धा रामकली घर्तिलाई एक ओढ्ना सहित केहि खाद्यन्न सहयोग गरेका छन् ।
प्रत्येक वर्ष आप्mनो जन्मदिनको अबसरमा सामाजिक काममा लागीपरेका रेग्मीले फजुल खर्चलाई कटौती गरि सामाजिक सेवामा लाग्ने उद्घोष समेत गरेका छन्।
समाजमा अझैपनि केहि व्यक्तिहरु एकल जिवन तथा आर्थिक अवस्था कम्जोर भएका व्यक्तिहरुलाई सहयोग गर्न पाउदा आप्mनो मनलाई पनि केहि उत्साह हुने गरेको रेग्मीले भने ।
उक्त वृद्धा घर्तिलाई १ वोरा चामल, ५ लिटर तेल, कपडा अनि फलफुल समेत सहयोग गरेका रेग्मीले आप्mनो जन्मदिनको अवसरमा समाजमा केहि न केहि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ्।
उक्त कार्यक्रममा, विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, साक्षी खबरका सम्पादक राकेश वस्नेत, शिक्षक टिकाराम पौडेल, स्थानिय यज्ञवहादुर वुढाथोकी, डिल्ली केसी, चित्रवहादुर खड्का लगाएतको उपस्थिती रहको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस