२०७९ माघ २४, मंगलबार

नयाँ वर्षको अवसरमा नृत्य र गायन प्रतियोगिता सम्पन्न

बैशाख ०२, २०७६  | १२८६ पटक पढिएको

– कपिल लामिछाने
२ बैशाख, दाङ / नव वर्ष २०७६ सालको अवसर पारी आईतबार हेमन्तपुरमा लोककला संस्कृति संरक्षण र संवद्र्धनका लागि नगर विद्यालय स्तरीय एकल नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थिहरुको सर्वाङ्गीण विकासका लागि उनिहरुको प्रतिभालाई प्रस्फुटन गराई थप हौसला र प्रेरणा दिन सकियोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा १६ विद्यालयका ३२ जना छात्र/छात्राहरुले आफ्नो प्रस्तुतीहरु देखाएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि घनश्याम पाण्डेले मानवअधिकारका मुल्य र मान्यतालाई यस्ता किसिमका कार्यक्रमहरुले टेवा पुर्याएको भन्दै नकारात्मक विचारलाई त्यागेर सकारात्मक विचारलाई अघि बढाउदै अघि बढ्ने कुरामा जोड दिदै सबैलाई नयाँ वर्षको शुभकामना दिएका थिए । कार्यक्रमका अध्यक्ष तुलसीपुर १८ का वडाअध्यक्ष माधव वलीले वडाले यस्ता किसिमका कार्यक्रमहरुमा आगामी दिनहरुमा पनि सहयोग गर्ने र यो कार्यक्रम पुरै नगरको नमुना कार्यक्रम भएको भन्दै सबैलाई नव वर्षको शुभकामना दिएका थिए । कार्यक्रममा केशव शर्मा, प्रदिप गौतम, हिम बहादुर डाँगी, केशव बस्नेत, मनोज लामिछाने, धन बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त प्रतियोगीतामा न्यु स्टार बोर्डिङ स्कूलकि छात्र शुसिला जि.एम. प्रथम, अमर मा.वि. कालाखोलाकि छात्रा आज्ञा रेग्मी दोस्रो, जन कल्याण मा.वि. दुधरासकि छात्रा सविना डाँगी तेस्रो र मा.वि. भोजपुरकि छात्रा अनामिका रावतले सान्त्वना स्थान हासिल गरेका थिए । त्यस्तै गायन तर्फ सृजना बालबाटिका बोर्डिङकि छात्रा सृजना खड्का प्रथम, गुरुजजुर मा.वि.का छात्र मुकेश नेपाली दोस्रो र दिपेन्द्र मा.वि. मानपुरकि छात्रा खुमा वली तेस्रो भएका थिए । विजयी प्रतियोगीहरुलाई प्रमाणपत्र र नगद पुरुस्कारले सम्मान गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष माधव वलीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन गायक पुर्ण पुनले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस