२०७९ असार २३, बिहीबार

मुकाम संरचना निर्माणमा तिव्रता

असोज २८, २०७७  | ४१३ पटक पढिएको

लुम्बिनी प्रदेशको स्थायी मुकामका दुई तिहाईभन्दा बढी मतका साथ पारित गरिएको छ । जुन कार्य दाङ जिल्लाका लागि ऐतिहासिक कुरा प्राप्त भएको छ । अब मुकाम संरचना निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन कार्य सुरु गरिने भएको छ ।

सरकारबाट प्रारम्भिक चरणमा निरीक्षणको काम समेत सम्पन्न भएको छ । दीर्घकालीनरुपमा लुम्बिनी प्रदेशको मुकाम संघीय मुकामभन्दा आकर्षक र सुन्दर तरिकाले निर्माण गर्नुपर्दछ । जुन निर्माण गरिएका संरचनाले मुकामले पा“च दशक पछिका कुरा समेत थेग्न सकोस् । संरचना निर्माणका सवालमा यहा“का स्थानीय सरकारले समेत उत्तिकै सहयोग गर्नुपर्ने देखिन्छ ।

मुकाम संरचना निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ निर्यातमा सहज वातावरण बनाइदिनुका साथै काष्ठजन्य वस्तु निर्यातमा समेत यहाँका स्थानीय सरकार र सामुदायिक वनहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ । भौतिक संरचनामा समग्र प्रदेशकै कला झल्किने गरी काष्ठकलाका वस्तुहरु जडान गरिनुपर्दछ ।

भौतिक संरचना निर्माणका सवालमा सिमेन्टका क्रंक्रिटजन्य संरचनाभन्दा काष्ठकलाका आकर्षक संरचनाका साथै त्यहाँ आवश्यक पर्ने फर्निचरजन्य सामग्रीहरुमा समेत काठको अधिकतम प्रयोग गरिनुपर्दछ । राप्ती नदीकै समीपमा मुकाम हुने भएकाले ढलमती बागमती भएजस्तै राप्तीलाई पनि ढलमति नबनोस् । त्यसैगरी जङ्गलको विनाश नभई हरियालीका बिचमा सुन्दर, आकर्षक मुकाम बनोस् । मुकामका लागि आवश्यक पहलकदमी लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल,सभामुख पूर्णबहादुर घर्ती, कानुनमन्त्री कुलप्रसाद केसी र सम्पूर्ण सांसदहरुले जसले दाङ मुकाम र लुम्बिनी प्रदेशका लागि मत प्रदान गर्नुभयो उहाँहरुलाई हार्दिक शुभकामना तथा बधाई ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस