२०७९ माघ १३, शुक्रबार

समयले पुरेका परम्परा

फागुन ०५, २०७५  | १९९१ पटक पढिएको

 

                                        सुमन पोख्रेल

हेर्दाहेर्दै कति कुरा विस्थापित भइसके र कति कुरा स्थापित भइसके । बारीका ढिकढाकमा रहरे भात खाने प्रचलन हटेर नयाँ स्वरूपमा पार्क वा वनतिर पिकनिक खाने चलन आइसक्यो । गर्मीको याममा खाना खाइसकेपछि गाउँघरमा रातभरि मादलको तालमा नाचगान र सुखदुःखका भलाकुसारी गर्ने परम्परालाई रेस्टुरेन्टको लोकदोहोरी साँझले नउस्किने गरी हुत्त्याइदिइसक्यो । काँचो मेहन्दी वा तिउरीको पात थिचेर हात सिगार्ने गाउँले तरिकालाई बजारिया केमिकलयुक्त पदार्थले नौ डाँडा कटाइसक्यो । यो सिजनमा गजेर आगोको भुङ्मोमा स्वस्थानीको प्रसादका रूपमा खाइने पोलेको आलु र गन्जी पनि इतिहासको खाल्डामै पुरिए । साउने सक्रान्तिमा केटीहरू मिलेर खेल्ने बयलडाँडी ९ केटीहरूकै बीचमा अस्थायी बिहे गर्ने खेल ० पनि अर्कै लोकको भ्रमण गर्न गइसके । मीत लगाउने , सँगिना लाउने र अन्तर्जातीय सम्बन्ध तथा एकतालाई मजबुत बनाउने सिलसिला पनि टुटिसके । बच्चामा कन्धनी बाँध्ने, लौह ओसार्ने, ग्रहदशामा कसरमसर देखिएमा आँखको बुटासँग बिहे गर्ने संस्कृति पनि हट्यो । टिभी र सिनेमाले स्कुल(कलेजमा देखाइने नाटक पनि समाप्तप्रायस् भयो । अब रातिको बिहे हुँदै नहुने भयो, यसले गर्दा महिलावृन्दले रत्यौली खेलेर आफ्ना कुण्ठित रागात्मक आवेगलाई मत्थर पार्ने अवसर गुमाए ।

३०/४० वर्षभित्रै प्रविधिले यसरी छलाङ हान्यो कि हामी त्यसको भेलबाट उठ्नै नसक्ने गरी बगिरहेका छौँ । एउटा अर्थमा प्रविधिको विकासले तिनै कुराको रूपान्तरण पनि गरिदिएको छ । मनोरञ्जनका लागि खेलिने नाटक वा गायन रेडियो टिभीमा हरेक पल बजिरहेका छन् । मितेरी साइनो लगाउने मध्यस्थकर्ताका रूपमा फेसबुकले भूमिका खेलिदिएको छ । छोरेट्टी बस्ने गाउँले रीतिलाई भ्यालेन्टाइनले मज्जासित पूरा गरिदिएको छ । यति हुँदाहुँदै पनि मान्छे विगतका घटनालाई सम्झेर नोस्टाल्जिक भइहाल्दो रहेछ । मलाई यो सहरमा आएर बस्दा सबैभन्दा गुमाएको गाउँको रमाइलो लाखेनाच लाग्छ । यो लाखेनाचका विविध संस्मरण मेरो चित्तको भित्तामा टाँसिएका छन् । जब साउनको महिना लाग्थ्यो, गाउँमा लाखेनाचको तामझाम बढ्थ्यो । यो नाच नेवारी संस्कृतिभित्र पर्छ तैपनि हाम्रो खस(बाहुने समाजमा कसरी लोकप्रिय हुन पुग्योहोला भनेर आजसम्म म एक्लै घोत्लिन्छु । लाखेनाचको उठान र बैठानमा एउटा नेवार गुभाजुको आवश्यकता पर्दो रहेछ । त्यस दिन बिजौरीमा कताबाट आइपुगेका बोधीलाल श्रेष्ठका बुबालाई विशेष सम्मानसाथ लाखे मण्डलीले ल्याउँथे । बूढामा टोक्टामोक्टाको ज्ञान पनि थियो होला । सायद पिताको गुण छोरामा सञ्चरण भएको हो कि बिजौरीका बोधीलालको घरमा ू यहाँ लागू(भागु हेरिन्छ, अक्षताबाट सातो गएका बिरामी ठीक पारिन्छ, सर्प र बिच्छीको विष झारिन्छू जस्ता उपचारात्मक सूचनाको साइनबोर्ड देखिन्छ । त्यही बोर्डमा स्टोभ(कुकर)मर्मत गरिने र मच्चे ९ प्लास्टिकको बस्ने सानो कुर्सी ० बुनिने समेत सूचना पढ्न सकिन्छ । उनका पिताश्रीबाट लाखे नाचको शुभारम्भ गरिएपछि गाउँका बाहुनेचरीहरू ढोल पिट्न थाल्थे । ूडलक डल् छ्याइँ कि डल् ूको ध्वनि बजेपछि घरघरमा लाखेनाच सुरु हुन्थ्यो । कठै बरा १ बाहुने समाजमा त्यो लाखेनाचको अनुकरण कसले गर्यो होला १ मलाई लाग्छ त्यतिखेर काठमाडौमा पढ्न आएका विद्यार्थीले त्यसको सिको गर्दै गाउँमा स्थापित गरे होलान् । बिजौरीमा लाखे नाच्ने मूलतस् स्व।दुर्गाप्रसाद मजगैयाँ, जीवराज रेग्मी प्रधान र भोजराज पोख्रेल हुन् । जीवराजलाई त पछिसम्म लाखे जीवराजको उपनाम दिइएको थियो । दाजु दुर्गाप्रसादको अल्लि ब्याङ्रग्रो हिँडाइ भएकाले उहाँको नाच बडो रोमाञ्चक हुन्थ्यो । पछि भोजराज दाइले लाखे उल्टिने कला सिक्नुभएको थियो र उहाँ चर्चित बन्नुभएको थियो । लाखे नाचेपछि तिनले खप्पर उतार्थे । ती नाच्नेवालाको चेसिस९ मुख० कस्तो होला भन्ने हाम्रो ठूलो खुल्दुली १ बिचरा १ असिनपसिन भएका हुन्थे । सबै भन्दा रमाइलो लाग्ने त नाग (नगिनी र स्वाङेको नाच हुनिभन्या । नागलाई अल्लि पहाडी भाषिकामा ूढोटाू पनि भन्थे । नाग नाच्ने फेरि हाम्रा राममणि पोख्रेल दाइ र स्व। श्याममणि पोख्रेल दाइ र पर्सेनीका अरुण पोख्रेल उर्फ लल्ले । अल्लि पछि घोराही भरतपुरका केशव खनाल हुन् कि को हुन् तिनलाई अतिथि ढोटाका रूपमा आमन्त्रण गर्दथे । तिनले स्वाङेको सातो खाने गर्दथे । वास्तवमा त के खाँदा हुन् र , तर हामीले हेर्दा स्वाङेका जुँघा समातेर लात्ताले भकुरेको देखिन्थ्यो । त्यो पेट्रोमेक्स र लालटिनको उज्यालोमा ढोटाले कालो इस्टकोट , सेतो मयलपोस र सेतो धोती लगाएको, शिरमा सेतै फेटा गुथेका , आँखामा कालो चस्मा र कम्मरमा खुकुरी भिरेर झ्यालीको ूछ्याइँक डल्डक् छ्याइँ छ्याइँक डल्डक् छ्याइँ ू मा नाचेको अपूर्व शोभा देखिन्थ्यो । उता स्वाङे छट्टाएर हैरान पार्थे । स्वाङेमा मुख्यतस् छविराज पोख्रेल, हाम्रा ठुल्दाइ ऋषिराज पोख्रेलकै एकछत्र भूमिका हुने । पछि भरत पोख्रेल दाइले त्यो भूमिका बोकेका थिए । यिनीहरू यति छट्टाउँथे कि सीमा नै छैन । सुरुमा नगिनीलाई आफ्नी बनाउन फकाउने र तिनलाई म्वाई खाने गर्दथे, अल्लिपछि पश्चभागलाई सुम्सुम्याउँदै माथि चढ्न थालिहाल्थे । त्यही बेला नाग भनाउँदो ढोटा आएर यिनका जुँघा समाउँदै लात्ताले हिर्काउँथ्यो अनि यिनलाई जिस्किने अर्को मौका पर्थ्यो । हान्न त नागले बिस्तार‌ै हान्थ्यो होला, तर यिनीहरू नाटक गरीकन जता जता बठिन्या र छोरेट्टी छन् ,त्यतैत्यतै तिनका जिउमा धकेलिन जान्थे र आफ्नो गोप्य आकाङ्क्षा पूरा गर्दथे । केटीहरू डराएर भागाभाग हुन्थ्यो र बठिन्याहरू ू डै १ कस्सिन छट्टाइल स्वाङ्या हो ू भन्दै खित्का छाड्थे । नगिनीको भूमिका पनि भरत दाइले गरेजस्तो लाग्छ । यो नाचोमा खासै आकर्षण हुँदैनथ्यो । केवल ढोटा र स्वाङेको भूमिकालाई उद्दीपन गर्न प्रस्तुत गरिएको जस्तो लाग्छ ।

 

लाखेको कुरा गर्दा अन्यत्रका पनि गाउँमा नाच्न आउँथे । बिजौरी अलिअलि बजार ,शिक्षित ठाउँ र सम्पन्नको बस्ती भएकाले त्यहाँ नाच्दा पैसा बढी पाउने सम्भावना हुन्थ्यो सायद । त्यसैले खाद्रे , कुटेचौर, पर्सेनीतिरका पनि आउँथे । सबैभन्दा चर्चित लाखे दुन्द्राको मानिन्थ्यो । त्यो चर्चाको कारण निश्चय पनि उसमा नाच्ने सीप विशिष्टको थियो होला । कहिलेकाहीँ एउटै गाउँमा दुईवटा लाखेको जम्काभेट भयो भने आपसमा जुध्छन् भन्ने पनि सुनिन्थ्यो । हाम्रा गाउँका बाहुनेचरीहरू त्यस्तो परिस्थितिमा अर्को लाखेको कार्यक्षेत्रतिर पटक्कै जाँदैनथे । किनकि बाहुनेचरी थिए(स्वभावैले काँतर ।ओहो १ एकपटक जात्रै भयो । पर्सेनीबाट एउटा चित्रबहादुर स्वर्णकारको नेतृत्वमा लाखे आयो । त्यो नृत्यमण्डलीमा त मोतीपुरतिरका पिङ्गला ९ शास्त्रीय भाषामा नगरबधू ० पनि थिए । तिनलाई देखेपछि हामी ठिटाहरूमा झन् उत्सुकता जाग्यो । हातमा घडी बाँधेका ,ओँठभरि लिपिस्टिक लगाएका र हातमा भिआईपी लेदर ब्याग भिरेका ती पिङ्गलाको नृत्य हेर्न हामीलाई चौचौ लाग्यो । गइम् मानपुरतिर । मानपुरमा तिनले सुरापान गरेर नाचेको दृश्य अदभुत थियो । किनकि तिनीहरूले पहिले नै लज्जाको आवरण च्यातिसकेका थिए । तब किन नहोस् नृत्यमा कामुकताको उन्माद र साङ्केतिक भाषाको निमन्त्रणा ।

 

जे होस् , यो लाखेले गाउँमा एकप्रकारको उत्तेजना ल्याउँथ्यो । रातभरि ढोलको तुमुल ध्वनिले गाउँ गुन्जायमान हुन्थ्यो र केटाकेटीहरूलाई भरपूर मनोरञ्जन दिन्थ्यो । अब यी सबै स्थानीयताका परिचय र मौलिक संस्कृतिका छटाहरू क्रमशस् इतिहासको गर्तमा गाडिन पुगे । कलाद्वारा अर्थ सङ्कलन गरी ग्रामीण प्रीतिभोजको आयोजना गर्ने र परस्परमा एकताको सम्बन्ध बढाउने सबै रीतिथिती भत्किए । आजको पुस्तालाई लाखे नाच भनेको क्या हो रु भनेर सोध्दा मुखले ूप्वाँक्क ू आवाज निकाली अनभिज्ञता दर्साउँछ । यस्तै छ समयको हुरी र यस्तै छ हाम्री अग्रजहरूको पनि उदासीनता ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस