२०७९ माघ २१, शनिबार

“लायन्स क्लब अफ दाङको अध्यक्षमा केसी निर्विरोध”

चैत्र २८, २०७५  | १०१७ पटक पढिएको

२८ चैत्र, तुलसीपुर / लायन्स क्लब अफ दाङको अध्यक्षमा तुलसीपुरका युवा व्यवसायि यज्ञबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । ।आज बिहिबार तुलसीपुरमा भएको भेलाले केसीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । लायन वर्ष द्दण्ज्ञढ्द्दण् का लागि निर्वाचित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा डम्बर बहादुर डाँगी, द्वितिय उपाध्यक्षमा सुरेश हमाल र तृतीय उपाध्यक्षमा, सचिवमा गणेश अधिकारी चयन भएका छन् ।

त्यसै गरि सचिवमा भागवत घिमिरे, कोषाध्यक्षमा लोकबहादुर विष्ट र सहसचिवमा द्रोण देवकोटा निर्विरोध निर्वाचित भएका छन् । उमेश चन्द्र मजगैयाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा डिष्ट्रकका जोन चेयरपर्सन ललित जङग शाहले क्लबमा पवबेश गर्ने नयाँ सदस्यहरुलाई अन्तर्रािष्ट्रय पिन लगाएर स्वागत सम्मान गरेका थिए । सोहि कार्यक्रममा राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख युवराज रावत, डाक्टर घनश्याम शर्मा, भोजराज न्यौपाने र सुमन डाँगीलाई लायन्स क्लब अफ दाङको सदस्यता प्रदान गरिएका थियोे ।

कार्यक्रममा पुर्व अध्यक्षहरु गणेश पार्धे, टेकन प्रसाद कडेल लगायतले लायन्स क्लबकले गर्दै आएको समाज सेवा यसको महत्व र संसारका दुई सयभन्दा बढि मुलुकहरुमा यसको प्रभावकारिताका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव गणेश अधिकारीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस