२०७९ असार २३, बिहीबार

सडक विस्तार कार्यमा तिव्रता

असोज २१, २०७७  | ४६८ पटक पढिएको

घोराही तुलसीपुर सडकखण्ड चौडा गर्ने काम सुरुवातका चरणमा जुन गतिमा अघि बढेको थियो त्यो गति अहिले सुस्ताएको छ । यो वा त्यो बहानामा विकास निर्माणको कार्य सुस्ताउनु निन्दनीय कार्य नै हो । सडक बिस्तारका क्रममा निर्माण कम्पनीले अनेक बहाना बनाएर जुन समय सीमामा सम्झौता भएको छ, त्यो सहमतिभन्दा पछि धकेलिनु आम जनसमुदायमाथिको कुठाराघात नै मान्न सकिन्छ । सडक चौडाका कारण सडकमा यात्रा गर्ने यात्रुहरुले जुन सास्ती व्यहोरिरहेका छन्, धिमा गतिमा बढ्यो भने त्यो सास्ति अझ बढ्नेछ ।

सडक चौडाका क्रममा समयमै मजदुरहरुले पारिश्रमिक नपाएको कुरा पनि उठ्दै आएको छ । काम पनि नगर्ने अर्कोतर्फ श्रमिकहरु पनि समयमै पारिश्रमिक नपाएर पलायन हुने अवस्था आयो भने काममा अझ ढिला हुनेछ । यो समयमा दैनिक सयौ मजदुर परिचालित गरेर निर्धारित समयमै काम सम्पन्न गर्नुको साटो अझ मजदुर नै पलायन गर्दा राम्रो सन्देश नजाला । यो सडक विस्तारका क्रममा सम्बन्धित निकायले यसको गुणस्तर पक्षमा पनि विशेष ख्याल गर्नुपर्छ होइन भने संक्राम खोला, कटुवा खोला, सेवार खोलाको पुलको हविगत हुन सक्छ । निर्माण कम्पनीलाई कामको प्रकृति हेरी समयमै रकम भुक्तानी भएको छैन भने सम्बन्धित निकायले तत्काल भुक्तानी प्रक्रियालाई सहज बनाउनुपर्छ ।

यदि भुक्तानीको समस्या नभई यो वा त्यो बहानामा तीव्र गतिमा बढेको सडक चौडाको कामलाई बिचमै रोक्नु जायज होइन । यो सडक चौडा गर्नका लागि तीन तहकै सरकार जुट्नुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीय सरकारले सडक निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ आपूर्तिमा सहज वातावरण बनाओस् । प्रदेश र संघीय सरकारले अनुगमन निरीक्षण र काम ढिलाइको कारण पत्ता लगाई सहज वातावरण निर्माण गरोस् । घोराही–तुलसीपुर सडकखण्ड चौडा गर्ने कार्यमा निर्माण कम्पनीले ढिला सुस्ती होइन सुरुवाति चरणजस्तै काम अघि बढाओस् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस