२०७९ माघ २६, बिहीबार

आठौं राष्ट्रिय टेवलटेनिस प्रतियोगिता सुरु

चैत्र २७, २०७५  | ११५२ पटक पढिएको

                                                           तस्विरः विष्णु देवकोटाको फेसबुकवाट

साक्षी खबर

दाङ, २७ चैत । वहुप्रतिक्षित आठौं राष्ट्रिय टेवलटेनिस प्रतियोगिता बुधवार दाङको घोराहीमा सुरु भएको छ । प्रतियोगितामा सहभागि हुन मुलुकका सातै
प्रदेशका महिला तथा पुरुष खेलाडीहरु सहभागी भएका छन् । खेलमा ८ वटा स्थानिय क्लव र ३ वटा गैरआवाशिय नेपाली क्लवहरुको समेत उत्साहजनक सहभागिता रहेको आयोजकले बताएको छ । खेल निकै उत्साहजनक रुपमा भैरहेको दाङ जिल्ला खेलकुद विकाश समितिले जनाएको छ । खोराहीको कभर्डहलमा भैरहेको महिला तथा पुरुष टेवलटेनिस प्रतियोगिताको विधिवत सुभारम्भ पुर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीले गरेका छन् ।

‘मुलुकको खेलको इतिहासका विभिन्न कालखण्डमा आशा, निराशा र फेरी आशाको अवस्था देखिएको छ, अव यो आशा कहिल्यै निराशामा वदलिने छैन’—प्रमुख अतिथि सेपाईलिले उद्घाटन मन्तव्यदिंदै भने । धेरै अप्ठेरोहरु तथा चुनौतिहरु झेल्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश नंवर ५ मा आयोजना हुनु
एउटा ऐतिहासीक गौरवको क्षणका रुपमा लिन पनि उनले खेलप्रेमी दंगालिहरुलाइ आग्रह गरे । निकै कठिन परीस्थीतिमा पांच नंवर प्रदेशलाइ आठौं राष्ट्रिय
खेलकुद प्रतियोगिताको झण्डा हस्तान्तरण भएको स्मरण गर्दै पुर्व मन्त्री सेर्पाइलिले खेललाइ समृद्धिसंग जोड्नुपर्ने बताए । ‘तपाइ दंगालीहरु पनि निकै
सौभाग्यशाली हुनुहुन्छ, किनकि आठौं राष्ट्रिय प्रतियोगिताका ७ खेलहरु दाङमै हुंदैछन्, यसलाइ भव्य र सभ्य रुपमा सम्पन्न गराउन तपाइहरुले खेलअवधिभर उत्साहजनक सहभागिता देखाउनुहुने छ’, मन्त्री सेर्पाइलिले भने । आफु युवा तथा खेलकुद मन्त्री हुंदा मुलुकका इटहरी, पोखरा र दाङलाइ स्पोर्टस् सिटि बनाउन चाहेको उल्लेख गर्दै त्यसै अनुरुप यहां अन्तराष्ट्रियस्तरको खेल पुर्वाधार संरचनाहरु बनिरहेको स्मरण गरे । पांच नंवर प्रदेशमा आठौं खेलकुद हुने निश्चित भएकै कारण यहां अन्तर्राष्ट्रिय स्तरको रंगशाला लगायत अन्य खेलमैदान निर्माणकालागी महत्वाकांक्षि बजेट आएको पनि उनले बताए । यद्धपि दुर्भाग्यबस आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन भने दाङमा हुन नसकेकोमा दुःख व्यक्त गरे । साथै अव खेलक्षेत्रमा देखिएको क्रमभंगताले फेरी निरन्तरता पाएको स्मरण गर्दै उनले अव खेलको संस्कार बसिरहेको दावी गरे । साथै खेललाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्न तथा खेल सकिएपछि निर्माण भएका भौतिक संरचनाहरुको संरक्षण गर्न पनि उनले स्थानिय सरकारलाइ आग्रह गरे । ‘हामीले खेल क्षेत्रमा धेरै संरचनाहरु ीनर्माण गयौैं, तर त्यसको संरक्षणको अपनत्व नहुंदा ती संरचनाहरु जिर्ण भएको अवस्था छ, यद्धपि अव स्थानिय सरकारले भने त्यसो गर्ने छैन भन्ने मैले अपेक्षा लिएको छु’—प्रमुख अतिथि सेर्पाइलिले भने ।

उद्घाटन मन्तव्यमा विशिष्ठ अतिथि तथा राष्ट्रिय खेलकुद परीषद प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक प्रेम रानाभाटले पुर्वमन्त्री सेपाईलिकै पहलमा दाङमा
अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सम्भव भएको भन्दै उनलाइ धन्यवाद दिए । साथै उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तेह्रौं दक्षिण एशियाली
खेलकुद प्रतियोगिताको एउटा गन्तव्य भएको बताए । दाङ जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष डिल्ली डांगीको अध्यक्षतामा भएको सो कार्यक्रमका अवसरमा विशिष्ठ अतिथिहरु जितेन्द्रमान नेपाली र प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियशन लगायतले मन्तव्य व्यक्त गरेका थिए । दाङ जिल्ला टेवलटेनिस संघका उपाध्यक्ष अरुण लहरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला खेलकुद विकाश समितिका सदस्य तिलक रावतले गरेका थिए ।

आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधवार मुलुकका विभिन्न ५ स्थानमा विभिन्न विधाका खेलकुद प्रतियोगिताहरु सुरु भएका छन् । दाङमा बुधवार सुरु भएको टेवलटेनिस प्रतियोगिता चैत ३० गते समापन हुने जिल्ला खेलकुद विकाश समितिका कोषाध्यक्ष कैलास रोकाले बताएका छन् । साथै दाङमा हुने अन्य ६ विधाका खेलमैदान पनि तयार भैसकेको समेत उनले बताएका छन् । प्रतियोगिताको विधिवत उद्घाटन भने बैसाख ५ गते नेपालगन्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय भएको छ ।

सितारामलाइ सम्मान

यसैबीच आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा दाङ जिल्ला खेलकुद विकाश समितिले खेलप्रेमी एवं समाजसेवी युवा सिताराम शर्मा आचार्यलाइ सम्मान गरेको छ । उद्घाटन समारोहका प्रमुख अतिथि तथा पुर्व खेलकुद मन्त्री दलजीत सेर्पाइलि लगायत विशिष्ठ अतिथिहरुले उनलाइ प्रसंसा पत्रले सम्मान गरेका हुन् । दाङ जिल्ला टेवलटेनिस संघका अध्यक्ष समेत रहेका शर्मालाइ खेल क्षेत्रको विकाशमा अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान गरीएको हो । साथै आगामि दिनमा पनि शर्माको निरन्तर सहयात्राको अपेक्षा गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस