२०७९ असार २३, बिहीबार

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

असोज २०, २०७७  | ७२१ पटक पढिएको

२० असोज, काठमाडौं / सन् २०२० को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले जनाएको छ ।

कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैज्ञानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो ।

यो वर्षको एक करोड स्वीडिस क्रोना (करिब एघार लाख २० हजार) नोबेल पुरस्कार पुरस्कृत तीनै व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ ।

उनीहरूको अनुसन्धानका कारण इतिहासमा पहिलो पटक विश्वमा हेपाटाइटिस सी निको पार्न सकिने भएको छ । सन् २०२० को चिकित्साशास्त्रको पुरस्कारबाट सम्मानित हुने घोषणा गरिएका यिनै वैज्ञानिकका कारण बर्षेनी सयौँ लाख व्यक्तिको ज्यान लिने गरेको असाध्य रोग (क्रोनिक हेपाटाइटिस) परीक्षण तथा उपचार सम्भव भएको हो ।

नोबेल समितिका महासचिव थोमस पर्लम्यानले पत्रकार सम्मेलनमा भने, “आफूले पुरस्कृत तीन मध्ये दुई व्यक्तित्वलाई भेटेको र उनीहरूलाई पुरस्कृत गरिएको सूचनाले उनीहरू आश्चर्यचकित, खुशी, र पुलकित भएका थिए ।” रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस