नेपालमा २४ घन्टायता थप ११ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या ५०९ पुग्यो

असोज १५, २०७७  |  २९ पटक पढिएको

१५ असोज, काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ । आज थपिएका सहित कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ ।

६ वटा जिल्लाका १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार नेपालमा ७ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार