सोसोन दाङको अध्यक्षमा शर्मा

असोज १५, २०७७  |  ८९ पटक पढिएको

१५ असोज दाङ / सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल (SOSON) दाङ गठन गरिएको छ ।

सामाजिक अध्ययन विषयसंग सम्बन्धित जिल्ला स्तरमा छरिएर रहेका शिक्षक तथा सरोकारवाला सहितको सम्पन्न जिल्ला स्तरिय जुम बैठकले श्रीधर शर्मा अध्यक्ष रहेको १७ सदस्यीय सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल दाङ शाखा गठन गरेको हो ।

जसको उपाध्यक्ष हिमाल प्रकाश अधिकारी, सचिव प्रदिप चन्द, कोषाध्यक्षमा पवित्रा के.सी. रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा धन बहादुर पुन, पदम प्रसाद आचार्य, जगत रोका, मनकली बुढा, विष्णु माया बोहरालाई चयन गरिएको छ । त्यस्तै आमन्त्रित सदस्यहरुमा भिम बहादुर के.सी., राम प्रसाद खनाल, बिनोद कुमार गुप्ता, गङ्गा राम घर्ती, दिपक गौतम, दिपा ओलि, नव राज भण्डारी र लोक बहादुर बुढा रहेको दाङ शाखा सचिव प्रदिप चन्दले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले राम प्रसाद जैसी संयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसको सल्लाहकार सदस्यमा राजेन्द्र बहादुर बस्नेत र उद्वव न्यौपाने रहेका छन् ।
जुम बैठक पद्मोदय पब्लिक नमुना मावि भरतपुरका प्रधानाध्यापक राम प्रसाद जैसीको अध्यक्षता तथा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टको प्रमुख आतिथ्यमा भएको थियो ।

उद्वव न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय शिक्षाको १२ वटै उद्देश्यसंग सामाजिक अध्ययन विषय सम्बन्धित भएकाले असल नागरिक उत्पादन गर्न यससंग सम्बन्धित व्यक्तिहरु संस्थागत गर्नु पर्नेमा जोड दिएका थिए । उनिहरुले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नु पर्ने बताएका थिए ।

सो अवसरमा कार्यक्रम का प्रमुख अतिथी सोसोन का केन्द्रिय अध्यक्ष विष्ट, उपाध्यक्ष धुर्व राज थापा, महासचिव ज्ञान बहादुर अधिकारी, कोषाध्यक्ष सुशिला ढकाल, केन्द्रिय सदस्य तथा शाखा विस्तार समितिका संयोजक दामोदर न्यौपाने, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमर खड्का लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रदिप चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार