नेपालमा बिहिबार थप १९११ जनामा कोरोना पुष्टि, कुल ७९,७२८ पुगे

असोज १५, २०७७  |  ८८ पटक पढिएको

१५ असोज, काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९११ जनामा संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ । २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार