काँग्रेसका केन्द्रीय सदस्यहरुको स्वाब संकलन

असोज १५, २०७७  |  ७२ पटक पढिएको

१५ असोज काठमाडौं /नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

१९ गते असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा लागि पार्टी कार्यालय सानेपामा नेताहरुको स्वाब संकलन गरिएको हो ।

स्वाव दिनेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र विजय गच्छदार, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, नविन्द्रराज जोशी रहेका छन्।

१ सय ५९ जनाको स्वाब संकलन गरिएको छ ।

नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वाव लिइएको छ । साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको छ ।

विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पिसिआर टेस्टका लागि व्यवस्था गरिएको थियो ।

१९ गते गएिको स्वाव संकलनको रिपोर्ट शनिबार आउने बताइएको छ ।

पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा सहभागी हुनुअघि कोराना परिक्षण गर्नु पर्ने निर्देशन पार्टी केन्द्रीय कार्यसमितिले यसअघि नै सूचना जारी गरेर दिएको थियो ।

यता सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने स्वाब संकलन गरिएको छैन ।

सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन नगरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार