२०७९ माघ १३, शुक्रबार

सामसुङ्गको आधिकारिक डिलर दाङ विजौरीमा

चैत्र २७, २०७५  | १३६० पटक पढिएको

विजौरी,  रत्ना अफिस अटोमेशन सेन्टर विजौरीका सञ्चालक झलक के.सी.को अध्यक्षता एबम् विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको प्रमुख आथित्यमा र तुल्सीपुर उपमहानगर पालिका वडा नं. १८ का वडाध्यक्ष माधव वली, १९ का वडाध्यक्ष रामवहादुर योगी तथा प्रजातान्त्रिक उद्योग वाणिज्य संघ तुल्सीपुरका अध्यक्ष जनक खरालको विशिष्ठ आथित्यमा कार्यक्रम सम्दघाटन गरिएको हो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले यस क्षेत्रका लागि सामसुङ्गको डिलर यस क्षेत्रको आवश्यकतालाई परिपूर्ति गरेको भन्दै व्यवसाय सञ्चालकलाई शुभकामना तथा धन्यवाद समेत दिएका थिए । विश्व व्यापी व्राण्ड सामसुङ्गका हरेक प्रकारका सामानहरु अव विजौरीमै पाइने सञ्चालक के.सि.ले वताए । यहाँ सामसुङगका टिभि, मोवाइल, फ्रिज, सिसि क्यामेरा लगाएतका सामसुङगका हरेक व्राण्डहरु पाइने वताइएको छ ।
कार्यक्रममा साक्षी खबरका प्रधान सम्पादक सुनिल कुमार पोख्रेल लगाएकाले सुभकामना दिएको उक्त कार्यक्रमको सहजिकरण राकेश बस्नेतले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस