२०७९ असार २३, बिहीबार

शिक्षामा सहज अवतरण

असोज १४, २०७७  | ३५२ पटक पढिएको

२०७६ साल चैत ११ गतेदेखि बन्द भएका शिक्षालयहरु आंशिकरुपमा पुनः सञ्चालनमा आएका छन् । करिब ६ महिनाको अवधिमा बन्द भएका शिक्षालयहरु सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनको तयारीमा रहेका छन् । हरेक समस्याहरु अवसर लिएर आउँछ पक्कै पनि यो कोभिड–१९ ले एउटा अवसर ल्याएर आएको छ । यो अवसरलाई शिक्षालयहरुले कसरी उपयोगमा ल्याउन सके भन्ने कुरा प्राथमिकतामा रह्यो । जसरी प्रविधिलाई जुनस्तरमा शिक्षालयहरुले उपयोगमा ल्याउन सक्नुपथ्र्यो त्यो सकिरहेको देखिएन ।

केही बजार क्षेत्रका शिक्षालयहरुले आंशिकरुपमा प्रविधिको उपयोग गरी सिकाइ उपलब्धि हासिल गरे, त्यो एउटा उदाहरणरुपमा मात्रै रह्यो । राज्यले समुदायमै सिकाइ केन्द्र स्थापना गरेर सिकाइ उपलब्धि हासिल गर्ने उद्देश्य लिएको छ । त्यो स्रहानीय पक्ष हो तर सिकाइ केन्द्रका लागि पनि हामीसँग पर्याप्त भौतिक पूर्वाधारहरु छैनन् ।

इन्टरनेट सेवा प्रदायक संस्थाहरुले यो कठिन अवस्थामा कमाउनेतिरभन्दा सेवाभावतिर बढी ध्यान राख्दै अघि बढ्नुपर्ने देखिन्छ । जस्तो कि सरकारले विद्यालयलाई बढी जोखिम क्षेत्रकारुपमा लिएको छ । यद्यपि जोखिमका क्षेत्र अन्य पनि छन् । एउटा राजश्व कार्यालयमा विभिन्न जिल्ला, ठाउँबाट कामका लागि आउने गर्छन् । तर विद्यालयमा भने सीमित समुदायबाट मात्रै प्रतिनिधित्व गर्छन् तर राज्य विद्यालय सञ्चालनमा भने कठोर नीति अबलम्बन गरिरहेको छ ।

शिक्षामन्त्रालय एउटा आदेश गर्छ स्थानीय पालिका अर्कै आदेश गर्छन । तसर्थ अब शिक्षा क्षेत्रलाई थप धरासायी तुल्याउने होइन क्रमशः शिक्षालयहरुलाई सञ्चालनमा ल्याउनतर्फ अघि बढ्नुपर्छ । बन्दाबन्दी मात्रै समस्याको समाधान रहेनछ भन्ने कुरा क्रमशः प्रमाणित हुँदैछ ।

जसरी समाजमा कोरोना त्रास देखाएर अघि बढिदैछ अब त्रासमा होइन सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनुपर्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस