विषाक्त रसायन मिश्रित ९ स्यानिटाइजर बिक्री वितरणमा रोक

असोज १२, २०७७  |  १५३ पटक पढिएको

१२ असोज काठमाडौं /औषधि व्यवस्था विभागले कोरोना संक्रमण रोक्न भन्दै प्रयोग गरिँदै आएका ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ ।

‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ को मापदण्ड विपरीत रहेका भन्दै ती स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।

विभागले सोमबार एक सूचना जारी गरी त्यसमा विषाक्त रसायन मिथानेल मिश्रित रहेको पाइएको जनाएको छ ।

‘विषाक्त रसायन मिथानेल समावेश भएको तथा मापदण्ड विपरितका समिश्रण पाइएकाले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न नगराउन सर्वसाधारणमा सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।

विभागले यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवाला हरुलाई भनिएको छ ।

प्रतिबन्ध लगाइएका स्यानिटाइजर काठमाडौंका ३, पर्साका २, बनेपाका २, ललितपुर र भारतमा उत्पादित एक–एक रहेका छन् ।

विक्रिमा रोक लगाएका सेनिटाइजर उद्योगहरु

१. हर्बलट्री ह्याण्ड रब (भारत)

२. कूम ह्याण्ड स्यानिटाइजर

३. क्लिन ह्याण्ड स्यानिटाइजर

४. कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर

५. इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (जेल)

६. इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइर ओरिजिनल

७. साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर

८. ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेँलो)

९. ड्रोन ह्याण्ड स्यानिटाइजर

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार