२०७९ माघ १७, मंगलबार

स्थानीय तहमा महिला स्वास्थ्य निती बनाउँनुपर्ने माग

चैत्र २७, २०७५  | १२६६ पटक पढिएको

दिप्तीशीखा चौधरी, दंगीशरण,२७
प्रत्येक महिलाले स्थानीय तहमै गर्भ जाचँ गराउँनु पर्ने निति स्थानीय तहमै हुनुपर्ने माग गरेका छन् । अशुरक्षित रुपमा गर्भपतन गराउँने कानुनमा उल्लेख भएपनि स्थानीय तहमा त्यो कुरा लागु नभएको उनीहरुले गुनासो गरेका थिए । महिलाका स्वास्थ्यलाई मध्यनजर गर्दै जनप्रतीनिधीहरु यसका बारेमा अभिमुखीकरण र छलफल गर्नुपर्ने उनीहरुको भनाई थियो ।
महिलाको स्वास्थ्य स्थितीमा सुधार ल्याउँन बालबिबाहलाई रोक्नु पर्ने भन्दै महिला हिंसालाई कम गर्नतिर लाग्नुपर्ने उनीहरुको तर्क थियो । महिला पुनस्र्थापना केन्द्र ओरेकले आयोजना गरेको महिला स्वास्थ्य निती तथा प्रावधानहरुका बारेमा सामुदायीक सस्ंथालाई पालिका स्तरीय अभिमसखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा ओरेककी कार्यक्रम अधिकृत दिपा अधिकारीले महिला स्वास्थ्य नितीगत ब्यवस्था, स्वास्थ्य विमा,नेपालमा महिलाको स्वास्थ्य अवस्था, दिगो विकाश लक्ष्य लगाएतका बारेमा जानकारी गराएकि थिइन । सो अवसरमा उनले नेपालमा १६ प्रतीशत महिला गर्भवती सेवा प्राप्त गर्ने गरेको, ५१ प्रतीशत महिला गर्भवती मरामर्श लिएको,घरमै बच्चा जन्माउँने ४१ प्रतीशत रहेको,दक्ष प्रशुतीबाट ५८ प्रतीशत जनाले बच्चा जन्माएको , ४ पटक गर्भ जचाँउने महिला ४५ प्रतिशत मात्र रहेको, नेपालको सबिंधानको २०७२ मा महिला स्वास्थ्य अधिकार सम्बन्धि प्रावधान लगाएतका बिषयमा प्रशिक्षण दिएकी थिइन । अभिमुखीकरण कार्यक्रममा दंगीशरण गाउँपालिकाका ७ वटै वडाका ३१ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण ओरेककी कल्पना चौधरीले गरेकी हुन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस