शनिबार देशभर थप १२०७ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ७१ हजार ८२१ पुग्यो

असोज १०, २०७७  |  १२१ पटक पढिएको

१० असोज, काठमाडौं / नेपालमा शनिबार देशभर थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन् । योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ७३.८ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार