दाङमा बैंकका कर्मचारी सहित १४ जनामा कोरोना पुष्टि

असोज ०९, २०७७  |  १९० पटक पढिएको

९ असोज, दाङ / दाङ शुक्रबार थप १४ जना कोरोना संक्रमित थपिएका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा १३ पुरुष र १ महिला गरी थप १४ जनामा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । शंकास्पद ज्वरो लगायतका लक्षण देखिए पछि प्रतिष्ठानको फिबर क्लिनीकबाट उनिहरुको स्वाब लिइएको थियो ।

संक्रमित हुनेमा वर्डा नं ५ का पुरुष वर्ष ४२, ३४, २५, २९, २८ जम्मा ५ जना, वडा नं. ६ का पुरुष वर्ष ४३ एक जना वडा नं. ८ का पुरुष वर्ष ३३, ३८ दुई जना वडा नं. ९ का पुरुष २०, २२ दुई जना वडा नं. १२ का पुरुष ३२, ४३ र महिला ३० वर्ष ३ जना वडा नं. १९ का पुरुष २८ वर्षका एक जना रहेका छन् ।

संक्रमित मध्य ग्लोबल आईएमई बैंकका ८ कर्मचारी रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन् । अन्य संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका रहेका छन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या २२२ जना पुगेको छ ।

सक्रिय कोरोना संक्रमित संख्या ५५ पुगेको छ भने हाल सम्म कोरोना मुक्त भएका संख्या १६७ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार