सल्यानमा शैक्षिक संस्था र सभा सम्मेलनमा रोक

असोज ०९, २०७७  |  १४० पटक पढिएको

०९ असोज सल्यान / जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले बिहीबार एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ ।

जिल्लाका अधिकांश विद्यालयमा पढाइ भइरहेकाले कोरोनासम्बन्धी जटिल अवस्था सिर्जना हुन नदिन तत्कालका लागि रोक्न प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले जिल्लाका सबै स्थानीय तहअन्तर्गतका विद्यालयलाई आग्रहसमेत गरेका छन् ।

दैनिक उपभोग्य बस्तु किनमेलका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म पसलहरु सञ्चालन गर्न पाइने र महत्वपूर्ण काम तथा मजदुरले दूरी कायम गरी काम गर्नु पर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराए ।


अर्काे सूचना नआउँदा सम्म शैक्षिक संस्था र सभा सम्मेलनमा प्रतिबन्ध लगाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार