२०७९ असार २३, बिहीबार

मल्लागिरी छिल्लीकोट कालिका मालिकामा केबुलकार सुनिश्चित

असोज ०८, २०७७  | १०६५ पटक पढिएको

दाङ जिल्लामा दुई वटा उपमहानगरपालिका, एक नगरपालिका, सात गाउँपालिका र १ सय वडा मध्ये तुलसीपुर उपमहानगरपालिका अन्तर्गत छिल्लीकोट १९ नं. वडामा पर्दछ । यस स्थान तुलसीपुरदेखि पूर्व उत्तर करिब २१ किलोमिटर दुरी रहेको छ, भने समुन्द्र सतहददेखि १४ सय १० मिटरदेखि १५ सय १० मिटर उचाईमा रहेको ऐतिहासिक, धार्मिक, जैविक र विविधताले भरिपूर्ण र सम्पन्न क्षेत्र हो ।

ऐतिहासिक, धार्मिक महत्व के छ भने १४ औं १५ औं शताब्दीमा चल्ल वंशीय राजा मेघनाथ शाहले यस क्षेत्रमा कर्णाली प्रदेशको जुम्लाबाट आई राज्य सञ्चालन गरेका यस राज्यको नाम छिल्ली राज्य राखेको कुरा इतिहासमा साक्षी छ ।

धार्मिक महत्व के छ भने छिल्लीकोटको पौराणिक नाम मल्लागिरी महाभारत पर्वत हो । मल्लागिरी महाभारत पर्वतमा सति देवीको बायाँ कुम पतन भई कालिका मालिका देवी भगवती उत्पति भएको र त्यसै स्थानमा राजा मेघनाथ शाहले मन्दिर (थान)को स्थापना गरी विधि पूर्वक पुजाआजा चलाएको कुरा किंवदन्ति छ । र कालिका मालिकाको दुरी ओल्लो टाकुरीदेखि पल्लो टाकुरी सम्म ८ सय ७० मिटर छ । अहिले मन्दिरको मौलिक तरिकले पुनः निर्माण गरिएको छ ।

जैविक विविधताले सम्पन्नः यस क्षेत्र जैविक विविधताले पनि सम्पन्न मानिन्छ । किनकी यहाँ विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिला यस क्षेत्रमा रहेको छ । यी लगायत विभिन्न प्रजातिका बहुमुल्य जडिबुटी यस क्षेत्रमा पाइन्छन् । खोज, अनुसन्धान अध्ययनका लागि विश्वसामु तुलसीपुर उपमहानगरपालिकाका प्रमुख ज्यूले आग्र गर्नु भएको छ । (चिनाउने प्रयत्नमा लाग्नु भएको छ ।)

विकास निर्माणः पर्यटकीय क्षेत्र छिल्लीकोटमा केन्द्रबाट नेपाल टेलिकमको टावर निर्माण भएको छ । प्रदेशबाट पुनः कालिका मालिका मन्दिर निर्माण, बिजुली बत्ति विस्तार, लिफ्टिङ खानेपानी योजना ।

नगरबाटः भ्युटावर निर्माण, खानेपानी टंकी निर्माण, जनता आवास कार्यक्रम लागु आदि कामको सुरुवात गरिएको छ ।

मोटर बाटोः छिल्लीकोट पर्यटकीय स्थल हुँदै रोल्पा, होलेरी र प्युठान, धार्मिक स्थल स्वर्गद्वारी जोड्ने उद्देश्य राखी पर्यटकीय माग नामाकरण गरी बिजौरी, हाडिमे, खरखरे, कुइरिताल, स्यालापानी, छिल्लीकोट पक्की मोटर बाटोको लागि प्रदेशबाट बजेट विनियोजन भई हरेक स्थानमा बाटो निर्माण गर्ने काम सञ्चालनमा आइरहेको छ । यस बाटोमा खिचलो बाधा विरोध नभएको भए आज भन्दा पहिले नै छिल्लीकोट बाटो पुगी सक्ने सुनिश्चित कुरा थियो ।

Picture: Kalika malika, temple.

मेयर सापको चाहना पनि चन्द्रगिरी जस्तै दाङमा पनि छिल्लीकोट मल्लागिरी सरसर बनाउने अठोटका साथ संकल्प लिएर अगाडी बढ्नु भएको छ । उहाँलाई छिल्लीकोट कालिका मालिका भगवतीको आशिर्वाद र छिल्लीकोटे जनताले उच्च सम्मान जाहेर गर्दछ ।

पर्यटकीय स्थल छिल्लीकोटमा अब केबुलकार सुनिश्चित गत साउन महिनामा इन्जिनियर श्री मिलन अधिकारी ज्यूको टिमले छिल्लीकोटमा ६ दिन लगाएर केबुलकार सञ्चालन गर्नको लागि सर्वेको सम्पूर्ण काम सकिसकेको छ र छिल्लीकोट कालिका मालिका भ्यूटावर नजिक पर्ने गरी केबुलकारको केन्द्र मेन प्वाइन्ट रहने छ । यस केबुलकारको दुरी छिल्लीकोट देखि भित्री स्यालापानीसम्म १३ सय मिटर रहेको छ । यस काममा तुलसीपुर उपमहानगरपालिका प्रमुख श्री घनश्याम पाण्डे ज्यू अहोरात्र लागिपर्नु भएको छ । आशा छ मेयर सापको कार्यकालमै यस कार्यले सफलता पाउने छ भन्ने कुरा सम्पूर्ण महानुभाव ज्यूहरुमा जानकारी र विश्वास दिलाउन चाहन्छु । मेयर सापको चाहना पनि चन्द्रगिरी जस्तै दाङमा पनि छिल्लीकोट मल्लागिरी सरसर बनाउने अठोटका साथ संकल्प लिएर अगाडी बढ्नु भएको छ । उहाँलाई छिल्लीकोट कालिका मालिका भगवतीको आशिर्वाद र छिल्लीकोटे जनताले उच्च सम्मान जाहेर गर्दछ ।

केही स्वार्थी राजनीतिज्ञ र कपटी दिल भएका मानवहरुले बुझ्न सकेनन् र छिल्लीकोटे जनताको पीडामा मलमपट्टी लाउनुको साटो घाउमा नुन खुर्सानी छर्किने क्रियाकलाप अगाडी बढाइरहेका छन् । छिल्लीकोटे वासीलाई पनि थाहा छ । बाँसगडी देवीस्थान देखि श्रमदान गरी झोलामा रोटी राखी बाटाघाटा बनाउँदै पुलपलेसा बनाउँदै बाटो खोल्ने गरेका हौं । छिल्लीकोटबाट ५/६ घण्टा लगाएर पसिना बगाएर खोल्दा वाँसगडी वासीले त्यतिखेर पनि एक दिन श्रमदान गरेको पाएनौ त्यो कुरा त छिल्लीकोटे वासीको मनमा ताजै छ ।

अझै पनि हजुरहरुमा सकारात्मक मन पलाएन, आज वन मासिन्छ भन्ने कुरा उठाइरहनु भएको छ । वनलाई मास्नु भन्दा बचाउँनु पर्छ भन्नेमा त तपाईहरु भन्दा हामी धेरै सचेत छौं । वनको त माया हामीलाई पनि लाग्छ र यो पर्यटकीय माग वन मास्ने उद्देश्यले निर्माण गरिएको होइन, वनलाई थप संरक्षण गर्ने उद्देश्यले गरेको हो । यो बाटो त राणाकालदेखि बनेको बाटो हो । त्यसैले केही राजनीतिक दलका राजनैतिज्ञ हौ भन्ने व्यक्तिहरुले हलो अड्काएर गोरु पिट्ने काम गर्नु भएको छ । कृपया यस्तो कु–कार्य नगर्नु हुन विनम्रपूर्वक अनुरोध गर्दछु ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस