२०७९ माघ २४, मंगलबार

यो वर्ष तपाईको राशिले के भन्छ हेर्नुहोस पुरा विवरण

चैत्र २७, २०७५  | १४७२ पटक पढिएको

मेष 

मेष राशि हुने व्यक्तिको लागि यो वर्ष उत्तम फलदायी रहने छ स्वास्थ्यमा राम्रो, आर्थिक क्षेत्रमा सुधारोन्मुख, पराइबाट सहयोग, वैदेशिक क्षेत्रबाट प्रशस्त धन लाभ, पढाइलेखाइमा सफलता, कानुनी क्षेत्रमा सफलता, पत्रपत्रिका एवं सञ्चार क्षेत्रमा राम्रो । प्रेम विवाहमा बढी मन लाग्ने, राजनैतिक, यातायात क्षेत्रमा फलदायी कृषि क्षेत्रमा पशुचौपाय भन्दा मौरी एवं नगदेबालीबाट बढी लाभ हुने । फागुन ०४ पछि शनिका कारण केही झमेला आएता पनि सफलता हात लाग्नेछ । वर्षको उत्तरार्ध भन्दा पूर्वाध राम्रो रहला । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ छन् ।

वृष

वृष राशि हुने व्यक्तिहरुको लागि यो वर्षमा साधारणतया फल दिने ग्रह गोचरहरु छन् । अढैया साढेशाति शनिका कारण प्रायः गरेर सबै क्षेत्रमा असहज परिस्थिति ल्याउन सक्छ तर यदि तपाइको जन्म कुन्डलिमा शनि ३, ६, ११ स्थानमा छ भने सबै भन्दा उत्तम फल पनि दिने छ । पशुचौपाय, कृषिक्षेत्रमा आशिंक फलदायी अन्य क्षेत्रमा सामान्य रहनेछ । वैदेशिक क्षेत्र भने सबैभन्दा उत्तम रहनेछ । आर्थिक क्षेत्रमा निकै समस्या आउने छ । स्वास्थयम फागुन ५ पछाडि केहि सुधार होला राजनैतिक क्षेत्रमा मान सम्मान मिल्ने छ । कानुनी, खेल, सामाजिक सेवा, सञ्चार क्षेत्रमा क्रमिक सुधार हुने छ । शैक्षिक मार्ग, पठनपाठनमा सफलता, साहित्य क्षेत्रमा रुचि कलकारमा मान हानि हुनेछ । मजदुर वर्गमा भने अति राम्रो फल मिल्ने छ । आर्थिक दृष्टिले साउन, कार्तिक फागुन, र चैत्र महिना शुभ छन् ।

मिथुन 

मिथुन राशि हुने व्यक्तिहरुको लागि यो वर्ष अति उत्तम फलदायी रहने छ । आर्थिक क्षेत्रमा उन्नतिले सफलताको शिखर चुम्ने छ, व्यापारि वर्गमा उत्तम रहला, कलकारखानामा उद्योग, कृषि लगायतका क्षेत्रमा सोचे अनुरुप फल पाइने छ । शत्रु माथि विजय हासिल गरिनेछ । स्वास्थ्यमा कुनै समस्याहरु देखिने छैन । वैदेशिक रोजगारमा भने केहि ढिला सुस्ति हुनेछ । यातायात, सञ्चार, खेल, कलाकारितामा भने आंशिकफल मिल्ने । बेरोजगारि व्यक्तिले रोजगारि प्राप्त गर्ने छन् । विद्यार्थी वर्गमा उत्साह बढ्नेछ, सामाजिक, नोकरी र पारिवारिक सुख एवं पदोन्नति हुने पुत्रपौत्रादि बाट सुख हुनेछ । सबै दृष्टिकोणले यो वर्ष राम्रो देखिन्छ । आर्थिक दृष्टिले बैशाख, भदौ, मँसिर र चैत्र महिना शुभ छन् ।

कर्कट 

कर्कट राशि हुने व्यक्तिहरुको लागि यो वर्ष राम्रै देखिन्छ सोचहरु सबैक्षेत्रमा अनुकूल छन् । आर्थिक, सामाजिक, यश, प्रतिष्ठामा ग्रहहरुले तीव्रफल दिने देखिन्छ । व्यापार, औद्योगिक क्षेत्रमा प्रशस्त फाइदा होला, कृषि क्षेत्रमा जलचर प्राणिमा उत्तम फल पाइने छ । राजनैतिक क्षेत्रमा भने अपजस र आरोप लाग्ने छ । कानुन, वैदेशिक, खेल सञ्चार लगायत क्षेत्रमा सोचअनुसार काम बन्नेछन् । यातायात क्षेत्रमा पनि राम्रै फाइदा होला । धार्मिक, यात्रा, शैक्षिक मार्गमा पूर्ण सफलता मिल्ने । स–साना चर्म रोगले भने समस्या ल्याउने । जे भए पनि तपाइको यो वर्ष उत्तम नै रहने छ । आर्थिक दृष्टिले बैशाख, जेठ, असोज पुस महिना शुभ छन ।

सिहं 

सिंह राशि हुने व्यक्तिहरुको लागि यो वर्ष अर्थिक क्षेत्र भन्दा मान पदविमा बढी सफलता देखिन्छ । मजदुर, किसान, नोकरी, युवावर्गमा विशेष सफलता दिने ग्रह गोचरहरु छन् । राज्यबाट सम्मानित हुने योग छ । बढीमात्रमा बादविवाद भने गर्नुपर्ला, आफन्त इष्टमित्र वर्गबाट पूर्ण सहयोग मिल्ने छ । उद्योग, कलकारखाना, व्यापार, यातायात, वैदेशिक रोजगार उत्तम रहनेछ । कलाकारिता फिल्मी जगत, साहित्य मनोरञ्जनमा बढि समय दिइने छ । धार्मिक यात्रा सामाजिक जिम्मेवारी लिनृु पर्ने छ । कृषि पशुचौपाया, होटल व्यवसाय फस्टाउने छ । पत्रकारितामा अलि सजग हुनुहोला, कानुन क्षेत्रमा सफलता । यो वर्ष तपाइको उत्तम नै रहने छ समग्रमा सबै क्षेत्रमा । आर्थिक दृष्टिले जेठ, असार, कार्तिक, र माघ महिना शुभ छन् ।

कन्या 

कन्या राशि हुने व्यक्तिहरुको लागि यो वर्षमा साधारणतया फल दिने ग्रह गोचरहरु छन् । अढैया साढेशाति शनिका कारण प्रायः गरेर सबै क्षेत्रमा असहज परिस्थिति ल्याउन सक्छ तर यदि तपाइको जन्म कुन्डलिमा शनि ३, ६, ११ स्थानमा छ भने सबै भन्दा उत्तम फल पनि दिने छ । पशुचौपाय, कृषिक्षेत्रमा आशिंक फलदाय िअन्य क्षेत्रमा सामान्य रहनेछ । वैदेशिक क्षेत्र भने सबैभन्दा उत्तम रहनेछ । आर्थिक क्षेत्रमा निकै समस्या आउने छ । स्वास्थ्यमा फागुन ५ पछाडि केहि सुधार होला राजनैतिक क्षेत्रमा मान सम्मान मिल्ने छ । कानुनि, खिेल, सामाजिक सेवा, सञ्चार क्षेत्रमा क्रमिक सुधार हुने छ । शैक्षिक मार्ग, पठनपाठनमा सफलता, साहित्य क्षेत्रमा रुचि कलकारमा मान हानि हुनेछ । मजदुर वर्गमा भने अति राम्रो फल मिल्न आर्थिक दृष्टिले जेठ, असार, साउन, मंसिर र फाल्गुन महिना शुभ छन् ।

तुला 

तुला राशि हुने व्यक्तिहरुको लागि यो वर्षमा शैक्षिक क्षेत्रमा उत्तम फल मिल्ने छ । अन्य क्षेत्रमा सामान्य फल दिने ग्रहगोचरहरु छन् । कलाकौशलमा तपाइको उच्च मुल्याङ्कन हुनेछ । आर्थिक क्षेत्रमा सुधारका लक्षण हरु देखिने छन् । खेलको क्षेत्रमा सफलता पाइने छ । स्वास्थ्यमा कुनै समस्याहरु आउने छैन धार्मिक तिर्थाटनको योग छ । व्यापार, उद्योग व्यवसायमा दिन प्रतिदिन प्रगति हुने छ । चलचि, पत्रकारिता, किसान, मजदुर, वर्गमा राम्रो फल मिलने छ । नोकरिमा पदोन्नति हुनेछ । सामाजिक कार्यमा मान सम्मान मिल्ला राजनैतिक क्षेत्रमा उच्च ओहोदामा पुगिएला । कृषि चौपाया र पशुपालनमा भने आंशिक फल मिल्ने छ । वैदेशिक व्यवसाय उत्तम रहला फागुन ०४ पछि शनिका कारण केही झमेला आएता पनि सफलता हात लाग्नेछ । वर्षको उत्तरार्ध भन्दा पूर्वाध राम्रो रहला । आर्थिक दृष्टिले साउन, भादौ पुस र चैत्र महिना शुभ छन् ।

वृश्चिक 

यो राशि हुने व्यक्तिहरुको लागि यो वर्ष पूर्वाध भन्दा उत्तरार्ध सुधारोन्मुख देखिन्छ । अन्त्य साढेशाति शनिका कारण आर्थिक क्षेत्रमा उथलपुथल ल्याउन सक्ने र शारिरिक कष्ट समेत हुने योग छ । यदि तपाइको कुण्डलिमा शनि ३, ६, ११ भावमा शनि भएको भए नकारात्मक फल लाग्ने छैन । वैदेशिक र न्यायमार्ग सामान्य फलदायी रहनेछ व्यापारमा मध्यम फलदायी होला । शैक्षिक क्षेत्रमा भने प्रगति नै हुने छ । खेलजगतमा सफलता, कलाकारितामा आर्थिक सकंट सञ्चार माध्यम क्षेत्रमा पदोन्नति, नोकरि, राजनैतिक क्षेत्रमा सामान्य रहला आफन्तबाट असहयोग होला । मांगलिक एवं धार्मिक कार्यमा भने रुचि बढने छ । किसान, मजदुर विद्यार्थी वर्गमा फलदायी नै रहने छ । आर्थिक दृष्टिले बैशाख, भदौ ,असोज र माघ महिना शुभ छन् ।

धनु 

धनु राशि हुने व्यक्तिहरुको लागि यो वर्ष वैदेशिक क्षेत्रबाहेक अन्य क्षेत्रहरुमा सामान्य फलदायी रहने छ । तपाइको राशिमा शनि ग्रह फाल्गुन ४ गते सम्म रहने र त्यसपछि मकर राशिमा जाँदामा यो राशि हुने हरुलाई मध्यम अन्त्य साढेशाति शनि दशा लाग्ने छ । यहि शनिका कारण काममा ढिला सुस्ति, आरोप, चिन्ता तनाव दिएता पनि आर्थिक क्षेत्रमा ठुलै उपलब्धि हुने छ । व्यापार, कलका्रखाना, उद्योग, यातायात लगायत क्षेत्रमा झमेला आइपरे पनि घाटा व्यहोर्नु पर्ने छैन । वैदेशिक रोजगारि उत्तम रहला । मुद्धा मामिला, कानुनि क्षेत्रका कामहरु अधुरै रहलान् । कृषि चौपायामा आशिंक फल मिल्ने छ । शिक्षा, रोजगारी, नोकरी, राजनैतिक र सामाजिक सेवाजस्ता काममा बढी सफलता पाय जस्तो हुने छ । झमेला भने व्यहोर्नु पर्ने छ पत्रकार मजदुर, युवावर्गमा केहि सुधारको संकेत देखिने छ भने अन्यकामहरु अधुरै रहलान् । आर्थिक दृष्टिले जेठ, असोज, कार्तिक र फागुन महिना शुभ छन् ।

मकर 

मकर राशि हुने व्यक्तिहरुको लागि यो वर्ष खासै प्रगतिदायक देखिदैन किनकि वर्षभरिनै आद्य र मध्य साढेशाति शनिका कारण आर्थिक क्षेत्रमा उथलपुथल ल्याउन सक्ने र शारीरिक कष्ट समेत हुने योग छ । यदि तपाइको कुण्डलिमा शनि ३, ६, ११ भवमा शनि भएको भए नकारात्मक फल लाग्ने छैन । वैदेशिक र न्यायमार्ग सामान्य फलदायि रहनेछ मुद्दा मामिला आँशिक सफल व्यापारमा मध्यम फलदायि होला । शैक्षिक क्षेत्रमा भने प्रगति नै हुने छ । खेलजगतमा सफलता, कलाकारितामा आर्थिक सकंट सञ्चार माध्यम क्षेत्रमा पदोन्नति, नोकरी, राजनैतिक क्षेत्रमा सामान्य रहला आफन्तबाट असहयोग होला । मांगलिक एवं धार्मिक कार्यमा भने रुचि बढने छ । किसान, मजदुर विद्यार्थी वर्गमा फलदायीनै रहने छ । आर्थिक दृष्टिले असार, कार्तिक मङ्गसिर र चैत्र महिना शुभ छन् ।

कुम्भ

कुम्भ राशि हुने व्यक्तिहरुको लागि यो वर्ष आर्थिक दृष्टिकाकारण सबै राशि भन्दा उत्तम देखिन्छ । स्वास्थ्यमा भने केहि पेट सम्बन्धी विकार देखिने छ । अन्य क्षेत्रमा उत्तम फलदायी रहला । उद्योग कलकारखानाकमा राम्रो फल मिल्ला व्यापार कार्यमा नयाँ जोस जागर आउला । शिक्षा, रोजगारी नोकरी लगायत क्षेत्रमा सफलता पदोन्नति उपलब्धि रहला कृषि, पशुव्यपार, नगदेबाली, जल खेतिमा उत्तम फल पाइने छ । धार्मिक मांगलिक कार्य सफलता पावारिक र सन्तानमा केहि धमिलोपन देखा पर्ला खेलजगत कलाकारिता पत्रकार मजदु वर्गमा राम्रो उन्नति प्रगति होला । कानुन र वैदेशिक क्षेत्र पनि उत्तम रहला । आर्थिक दृष्टिले वैशाख, साउन, मङ्गसिर, र पुस महिना शुभ छन् ।

मिन 

मिन राशि हुने व्यक्तिहरुको लागि यो वर्षमा कानुनि क्षेत्रमा उत्तम फल दिनेछ । अन्य क्षेत्रमा पनि खास नराम्रो देखिदैन आर्थिक क्षेत्रमा सर्वप्रथम राम्रो सेवा कृषि व्यवसायले दिने छ । नोकरि क्षेत्रमा आरोप अपजस खप्न पर्ने योग छ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ उठाउन सक्ने छ । सन्तान पुत्र पुत्रादि बाट सुख हुने छ स्वास्थ्यमा पेट र आँखाकोरोगले सताउने छ। आर्थिक कारणले आफन्त सग मनमुटाव होला पारिवारिक स्वास्थयमा अल्लि बढि धन खर्च हुने योग छ । खेल जगत, शिक्षा क्षत्रेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा मान सम्मान प्राप्त हुने छ । कानुनि क्षेत्रमा उत्तम फल मिल्ने छ । यातायात एवं उद्योग क्षेत्रमा आशिंक लाभ हुने योग छ । अन्य क्षेत्रहरु सामान्य रहनेछन । आर्थिक दृष्टिले जेठ, भदौ ,पुस र माघ महिना शुभ छन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस