२०७९ असार २३, बिहीबार

स्कुल डायरीः ‘हलुंगो झोला,भारी मन…’

असोज ०८, २०७७  | १२५२ पटक पढिएको

खुम्चिएको स्कुल ड्रेसमा हलुंगो झोला बोकेर ७ महिनापछि स्कुल आउँदा सुन्तली फुरुङ छे । किनकि उसले लकडाउनको ७ महिनापछि साथीसंगिनिहरुलाई भेट्न पाउने छे, त्यसैमाथी तिन किलोमिटरको यात्रामा हलुंगो झोला बोक्ने अभिभावकको सुझावले उ फुरुङग पनि छे । तर फुरुङ्ग सुन्तलीका ड्रेस ७ महिनासम्म बेवारीसे हुंदा खुम्चिएका पनि थिए । किनकि केहि दिन पुरै समय र पुरै विषय पढाइ नहुने स्कुलले जानकारी गराएको छ रे, सुन्तलीका बा–आमालाई । सुरुसुरुमा त अनलाइन कक्षाको अभ्यास पनि थियो, सुन्तलीको बोडिङ स्कुलले तर १० प्रतिशत पनि विद्यार्थि अनलाइन कक्षामा जोडिन नसकेपछि एक सातामै क्यान्सिल । सुन्तली पनि जोडिन सकेकि थिइन, त्यो अनलाइन कक्षामा । अर्काको अधिया वारीमा तरकारी खेती गरेर कमाएको पैसाले मस्कीलले सुन्तलीलाइ वोर्डिङमा पढाएको थियो परिवारले । एन्रोइड मोवाइलमा डाटा हालेर अनलाइन कक्षामा जोडिनु सुन्तलीकालागी सपनाजस्तै थियो । सुन्तलीका वाले अझैपनि १२ सय मोडेलको नोकिया मोवाइल चलाइरहेका छन् ।

सुन्तलीका झोलामा अघिल्लो कक्षामा ९ विषयका किताव हुन्थे, तर अहिले चल्न थालेको पढाइ ४ विषयको मात्रै हो । त्यसैले सुन्तलीको झोला हलुंगो छ । समय पनि विहानको ११ बजेदेखि दुइ बजेसम्मको मात्रै हो, किनकि स्कुलले सामाजिक दुरी कायम गर्न भन्दै तीन सिफ्टमा स्कुल चलाएको छ रे । एक सिफ्टमा तीन घण्टा । झोला पनि हलुंगो, समय पनि छोटो, तर साथीभाइसंग भने भेट हुनेमा गद्गद् हुंदै स्कुल पुगेकि छे सुन्तली ।

साग बेचेको पैसाले सुन्तलीका वाले उसलाइ मास्क किनिदिएका छन्, टमाटर वेचेको पैसाले सेनीटाइजर व्यागको खल्तीमा राखिदिएका छन् । स्कुलबाट तीन किमि टाढा भएपनि स्कुल बस आउथ्यो, गाउका अरु सुन्तलीहरुलाइ लिन । तर दिनदिनै समुदायस्तरमा फैलिइरहेको कोरोनाको संक्रमणको कारण देखाउंदै नेपाल सरकारले मुलुकका कुनैपनि स्थानमा स्कुलबस नचलाउन निर्देशन गरेको छ । किनकि बस चलाउंदा गाउगाउमा कोरोना फैलन सक्छ ।

स्कुलमा पहिलो क्लासमै मास्टरले सुन्तलीहरुलाई कोरोना भाइरसको खतरा सुझाउंदै गेटमै सावुनपानीले हात धुन लगाए, मास्क लगाउन लगाए, अनि स्कुल बस अझै नचल्ने भएकाले पैदल हिंडेर वा अरु गाडि चल्ने स्थानका भए सार्वजनिक गाडि चढेर आउन सुझाव दिए । शिक्षकको पहिलो अभिव्यक्तिलेनै सुन्तलीको मन भारी भयो…..। सुन्तलीको मनमा पनि कोरोनाको त्रास जन्मियो । मन अझै भारी भयो ।

स्कुल चलाउन दिने, तर बस चलाउन नदिने? कस्तो सरकार? सुन्तलीको भारी मनमा फेरी अर्को कौतुहलताको भारी थपियो । वासंगै तरकारी बेच्न उ सार्वजनिक बसमा चढेर तुलसीपुर पुगेकि थिइ । पहिले दुधरास तुलसीपुरको भाडा २० रुपैया थियो, तर अघिल्लो अस्ती उ गाडिमा चढ्दा ३५ रुपैया तिरी । सामाजिक दुरी कायम गरी यातायात चलाउन भन्दै सरकारले ५० प्रतिसत बढि भाडा लिएर आधा यात्रु बोक्ने भनेको घरको टिभिमा समाचार सुनेकि थिइ । उसको मन अझै भारी भयो, किनकि बसमा यात्रुहरु सिटभरी भएर गल्लीमा समेत उभिएका थिए….। किनकि सुन्तलीको सार्वजनिक बसको यात्रा अनुगमन गर्ने सरकार बसभित्र थिएन….। सुनतलीको मन झनै भारी भएको छ ।

हो म सुन्तलीहरुलाई चियाइरहेको थिएं, सरकारी निर्णयहरुलाई नियालीरहेको थिएं, अनि स्वास्थ्य मन्त्रालयका निर्देशिकाहरुलाई दिनदिनै नियालीरहेको थिएं । सुन्तलीको जस्तै आम नेपालीको मन भारी छ । बजार खुलेको छ, तर मन अध्यारो छ । ओठमा हाँसो छ, तर मनमा त्रास व्याप्त छ । रुघा लाग्दा पनि जिउ काप्न थाल्छ, जरो आइहाल्यो भने त जिउनै नचल्नेजस्तैगरी मन भारी हुन्छ ।

मैले देखिरहेको छु, स्कुले विद्यार्थिहरु आफ्नो स्कुल हुंदाहुंदै पनि सार्वजनिक बस चढेको । एउटा कलिलो उमेरको विद्यार्थी आफ्नै समुदायका विद्यार्थीहरु चढाइने र सिमित संख्यामा विद्यार्थि बोक्ने आफ्नै स्कुलबसमा चढ्न नपाएर सार्वजनिक बसमा चढेर स्कुल पुग्नुपर्ने कस्तो दुर्भाग्य हो ।

मैले देखिरहेको छु, स्कुले विद्यार्थिहरु आफ्नो स्कुल हुंदाहुंदै पनि सार्वजनिक बस चढेको । एउटा कलिलो उमेरको विद्यार्थी आफ्नै समुदायका विद्यार्थीहरु चढाइने र सिमित संख्यामा विद्यार्थि बोक्ने आफ्नै स्कुलबसमा चढ्न नपाएर सार्वजनिक बसमा चढेर स्कुल पुग्नुपर्ने कस्तो दुर्भाग्य हो । स्कुले विद्यार्थि आफ्नै स्कुलको बसमा चढ्दा असुरक्षित देख्ने सरकारले सार्वजनिक यातायात सेवाको त्यो भिडभाडबाट विद्यार्थिलाइ संक्रमणबाट जोगाउने कस्तो दिवा सपना देख्दैछ? मैले बुझ्न सकेको छैन ।

कोरोना भाइरसको संक्रमण फैलनबाट जोगिन र जोगाउन आम जनसमुदायको मनैदेखि भुमिका हुन आवस्यक छ । त्यसमा पनि स्कुले वालवालिका र बृद्धबृद्धाहरुलाइ जोगाउनु अभिभावकको पनि दायित्व हो । किनकि वालवालिका भनेका त भोलिका चिकित्सक हुन्, भोलिका प्रधानमन्त्री हुन् भोलिका प्रधानसेनापति र सवथोक हुन् । तर उनीहरुलाइ स्कुल पुग्न बस सन्चालनको अनुमति नदिनु कत्तिको दुर्भाग्य हो । सार्वजनिक बसमा कोरोनाको जोखिम छैन सरकार । हो, सरकार आफै अलमलमा छ । श्रम मन्त्रालय र पर्यटन मन्त्रालयकै कुरा नमिल्दा अन्तराष्ट्रिय हवाइ उडान रोकिएका छन्, तर सरकारकै स्वामित्वमा रहेको साझा बस काठमाण्डौबाट सायद विहिवारदेखि वाहिरि जिल्लामा सार्वजनिक यातायात सेवा दिंदै छ रे । म लेख्न खोज्दै थिए, स्कुल चलाउन दिनेहो भने स्कुल बस पनि सन्चालन हुन देउ । स्कुल गेटमै वाइफाइ सेवाजडित एका घरमा मैले यो डायरी लेखिरहंदा सुन्तली भारी मन लिएर घर फर्कि…..।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस