२०७९ असार २३, बिहीबार

टेलिकमद्वारा संविधान दिवसको अवसरमा अनलिमिटेड अफर

असोज ०२, २०७७  | ६९७ पटक पढिएको

२ असोज, काठमाडौं / संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको छ ।

कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपियाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्धहुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपियाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४ दशमलव ७ प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ । सो अनुसार यो प्याक असोज २, ३ र ४ गते ५५५ रुपियाँमा उपलब्ध हुनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस