२०७९ माघ १७, मंगलबार

भलिबल, क्रिकेट, महिला हाईजम्प तथा लङजम्प खेल आयोजना हुने

चैत्र २६, २०७५  | १२७५ पटक पढिएको

– तिर्थराज ज्ञवाली
२६ चैत्र, पिपरी (देउखुरी दाङ) । राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा यहि चैत्र २८ गते देखी युवाहरुलाई पुरुष भलिबल तथा क्रिकेट र महिला हाईजम्प तथा लङजम्प खेल समाबेस गरिएको खेलकुद कार्यक्रमको सञ्चालन हुने भएको छ ।
वडा नं ८को यस आर्थिक वर्ष २०७५।७६को स्वीकृत वार्षिक कार्ययोजना अन्तर्गत युवाहरुलाई पुरुष भलिबल तथा क्रिकेट र महिला हाईजम्प तथा लङजम्प खेल समावेश गरिएको खेलकुद कार्यक्रमको सञ्चालन गर्न लागिएको वडा अध्यक्ष गोकर्ण बहादुर राना मगरले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका वडा नं. ८ पीपरीको शंकर माध्यमिक विद्यालयको खेल मैदानमा सुरुहुने खेलकुद कार्यक्रममा वडा नं. ८ का पीपरी, विजौरी, पीपरा, कोहलुवा, जुडपानी लगायतका गाउँ टोलका युवा क्लवहरुलाई युवाहरुलाई पुरुष भलिबल तथा क्रिकेट र महिला हाईजम्प तथा लङजम्प खेलमा आवद्ध गरिने वडा सचिब मंगल प्रसाद चौधरीले जानकारी दिएका छन् ।
नयाँ वर्षको आगमनको अवसर पारेर खेलमा सहभागीता होस भनि कार्यक्रम लाई युवा माझ लगिएको वडा नं ८ वडा सचिव चौधरीले जानकारी दिएका छन् ।

अध्यक्ष अध्यक्ष गोकर्ण बहादुर रानाका अनुसार खेलकुद कार्यक्रमको विजेता खेल टोलीलाई आकर्षक नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस