२०७९ असार २३, बिहीबार

पिसिआरको शुल्क निर्धारण

भदौ ३१, २०७७  | ८०९ पटक पढिएको

३१ भदौ, बिजौरी/ कोराना सङ्क्रमितको पहिचान गर्नका लागि पिसिआर परीक्षण गरिदै आइएको छ । पिसिआरको शुल्कको कति भन्ने बारेमा अझै यकिन हुन सकिरहेको छैन । एक महिना अघि नेपाल सरकारकै स्वामित्व रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ जिल्लाकै दश वटा पालिकाहरुलाई पिसिआर परीक्षणका लागि प्रति व्यक्ति ५५ सय रुपैया माग गरी पत्राचार गरेको थियो । सरकारले नै सुरुवातिका चरणमा परीक्षण शुल्क ५५ सय हुँदै चार हजारबाट दुई हजारसम्म लिन सक्ने व्यवस्था गरेको छ तर पनि देशका विभिन्न स्थानमा रहेका अस्पतालहरुको शुल्कमा एक रुपता छैन ।

फेरि कतै दुई हजार, कतै २४ सय त कतै अर्कै शुल्क निर्धारण गरेको छ । कोराना सङ्क्रमणको सुरुवातिका चरणमा केएन ९५ मास्कको मूल्य सात सय थियो तर अहिले प्रति मास्कको मूल्य ५० रुपैया रहेको छ । कतै कोरोना परीक्षणको मूल्य त कतै यस्तै होइन । राज्यको सम्पत्ति कतै यो वा त्यो नाममा दोहन त भईरहेको छैन । आम सर्वसाधारणमा आशंका पैदा हुन थालेको छ । कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटजन्य सामग्रीको मूल्य घटेको कुरालाई पिसिआर परीक्षणका लागि घटाइएको बताइरहँदा कतै त्यो वा यो बहानामा राज्य नै यस्ता कार्यमा संलग्न त भईरहेको छैन भन्ने आंशका उत्पन्न हुन सक्दछ ।

कोरोना सङ्क्रमण दर घटाउनका लागि पिसिआर परीक्षण अचुक औषधी त होइन तर आम जनसमुदायमा देखिने गरेका त्रासलाई हटाउने काम भने गर्दछ । कोरोना सङ्क्रमण घटाउनका लागि पिसिआर परीक्षणभन्दा सङ्क्रमण फैलन नदिने उपाय अबलम्बन गर्नु नै पहिलो प्राथमिकता हो । नेपालभर परीक्षणको शुल्कमा एकै प्रणाली लागु गर्न सरकार नै अग्रसरता देखाउनुपर्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस