२०७९ माघ २१, शनिबार

अर्नाहनपुरमा भलिबल तथा फुटबल खेल आयोजना हुने

चैत्र २४, २०७५  | ११३३ पटक पढिएको

– तिर्थराज ज्ञवाली
२४ चैत्र, सिसहनिय (देउखुरी दाङ) । “खेल राष्ट्रको लागि खेल स्वास्थ्यको लागि” भन्ने मुल नारा सहित राप्ती गाउँपालिका वडा नं ७ को आयोजनामा यहि चैत्र २७ गते देखी युवाहरुलाई भलिबल तथा फुटबल खेल समावेश गरिएको खेलकुद कार्यक्रमको सञ्चालन हुने भएको छ ।

वडा नं. ७ को यस आर्थिक वर्ष २०७५।७६को स्वीकृत वार्षिक कार्ययोजना अन्तर्गत युवाहरुलाई भलिबल तथा फुटबल खेल समावेश गरिएको खेलकुद कार्यक्रमको सञ्चालन गर्न लागिएको वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
राप्ती गाउँपालिका वडा नं. ७ अर्नहानपुर को रामघाट खेल मैदानमा सुरुहुने खेलकुद कार्यक्रममा वडा नं. ७ का बड्का सिसहनिया, छुट्की सिसहनिया, जगपुर, अर्नाहनपुर, जितपुर र भानपुर गाउँका युवा क्लवहरुलाई भलिबल तथा फुटबल खेलमा आबद्ध गरिने वडा सदस्य भिमलाल चौधरीले जानकारी दिएका छन् ।

दुई दिन सम्म चल्ने भलिबल तथा फुटबल खेल समावेश गरिएको खेलकुद कार्यक्रमको तयारीका लागि खेलमा सहभागीताको लागि गाउँ गाउँका युवाहरुसँग छलफल गरिने, सामाग्री खरिद गरिने, खेलखेलाईने र पुरस्कार वितरण गर्ने कार्यक्रमको तयारी गरिसकिएको र गाउँ गाउँका युवाहरुले खेलकुद सामाग्री प्राप्त गर्ने, खेलकुदको विकासमा टेवापुग्ने, सु–स्वास्थ्यमा लाभ पुग्ने वडा नं ७ का वडा सचिव डम्बर चौधरीले बताएका छन् ।

नयाँ वर्षको आगमनको अवसर पारेर “खेल राष्ट्रको लागि खेल स्वास्थ्यको लागि” भन्ने मुल नारा सहित वडा नं ७ ले खेलाडिको पहिचान गरि गाउँपालिका स्तरिय, पालिका स्तरिय तथा राष्ट्रिय खेलमा सहभागीता होस भनि कार्यक्रम लाई युवा माझ लगिएको वडा नं ७ का कर्मचारी परशुराम चौधरीले बताएका छन् ।

अध्यक्ष विद्याशरण चौधरीले “खेल राष्ट्रको लागि खेल स्वास्थ्यको लागि” भन्ने मुल नारा सहित राप्ती गाउँपालिका वडा नं ७ को आयोजनामा यहि चैत्र २७ गते देखी युवाहरुलाई भलिबल तथा फुटबल खेल समाबेस गरिएको खेलकुद कार्यक्रमको विजेता खेल टोलीलाई आकर्षक नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस