२०७९ असार २३, बिहीबार

टेक्नो ब्रान्डको स्मार्टफोन बजारमा

भदौ १७, २०७७  | ६७४ पटक पढिएको

१७ भदौ, काठमाडौं / सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विश्वव्यापि रुपमा मा नभएर नेपालमा पनि विभिन्न मोबाइल फोन कम्पनीले बजार विस्तार गरिरहेका छन । यसै सिलसिलामा नेपाली बजारमा करिब साढे तीन वर्षअघि मात्र प्रवेश गरेको टेक्नो ब्रान्डको स्मार्टफोनले छोटो समयमै उल्लेख्य रूपमा बजार विस्तार गरेको र यो ब्रान्डको नेपालमा अधिकारिक बिक्रेता महालक्ष्मी मोबाईल्स प्रा लि रहेको प्रालिका महाप्रबन्धक सन्तोष भण्डारीले बताए ।

अहिलेको कोरोनाले ल्याएको यस्तो विषम परिस्थिती पनि आफ्ना ग्राहकको चाहना लाई ध्यानमा राखी, टेक्नो मोबाईलले आफ्ना २ वटा नयाँ मोडेल स्मार्ट फोन बजारमा ल्याउने तयारी गरेको छ । सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगेको बेलामा प्रबिधिको दुनियालाई हेर्दा हाम्रो ब्रान्डले पनि राम्रो स्थान पाएको छ र अव आउने २ वटा नयाँ मोडेलहरु केडि ७ र सिडी ८ को पनि बजार माग राम्रो हुने प्रालिका महाप्रबन्धक भण्डारीले बताए ।

यस कम्पनिले यतिमात्र नभएर एक पछि अर्को गर्दै विभिन्न नयाँ तथा आकर्षक फिचरहरुको साथमा अन्य मोडलहरु नेपाली बजारमा क्रमशः ल्याउने छ, टेक्नो मोबाइल ब्रान्ड सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको साथमा १३ महिना वारेन्टि रहेको पनि कम्पनिले बताएको छ । यो ब्रान्डमा ग्राहकले रोजेको र खोजेको अनुसार पाउने र सर्भिस तथा पार्टसहरु सहजै पाउने पनि कम्पनिले बताएको छ । Feature of CD8 new model, Feature of kd7, Display – 6.53    Display – 6.60,  Memory – 6/128 gb, Memory – 4/64 , Processor – 2.35 octacore , Camera – 16+2+2 rear and AI front camera Camera – back quad camera 48,2,5,0.2 mp,    Android version – 10  Front 32 mp popup camera , Battery – 5000 mah Android version – 10.0 , Battery – 4000 mah, sensor –finger print, faceunlockS  साथै नेपालको विभिन्न सहरहरुमा टेक्नो ब्राण्डले केडी सेभेन र सिडि एट नयाँ मोडलको स्मार्टफोन लञ्च गरेको छ । यसै क्रममा बाँकेको नेपालगंजमा पनि आजै मात्रै उक्त फेन सार्वजनिक गरी बजारमा ल्याएको प्रालिका सेल्स म्यानेजर मणिष कुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार केडि सेभेनमा ४ जिबि र्याम र ६४ जिबि रोम रहेको छ भने सिडि एटमा ६ जिबि र्याम र १२८ जिबि रोम उपलब्ध रहेको छ ।

जसको बजार मूल्य केडि सेभेनको १५ हजार ९ सय ९९ र सिडि एटकोे २५ हजार ४ सय ९९ रहेको छ । टेक्नो ब्राण्डका यसअघिका स्मार्ट फोन प्रयोगकर्ताको रोजाइमा परेकाले विभिन्न सुविधासहित ल्याएको नयाँ स्मार्टफोन पनि रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ । यतिधेरै बिशेषता भएको स्मार्ट फोन बलियो र गुणस्तरिय स्मार्टफोन भएकाले प्रयोगकर्तालाई ढुक्क हुन समेत सेल्स म्यानेजर गुप्ताले आग्रह गरे ।

नेपालगञ्जमा बिक्रि सुरु गरिएको टेक्नो ब्राण्डको बाँकेका लागि आधिकारिक बिक्रेता ओ एन्ड के ट्रेडर्स रहेको छ । ट्रेडसका प्रोपाइटर तारा केसर खत्रिले टेक्नो ब्राण्डका नयाँ स्मार्टफोनमा प्रयोगकर्ताको रोजाइ अनुसार विभिन्न फिचर उपलब्ध रहेको बताए । नेपालगंजको ओ एन्ड के ट्रेडर्सले टेक्नोसँगै आइटेलको पनि बाँके जिल्लामा आधिकारिक रुपमा विक्रेताको रुपमा काम गरिरहेको छ र आइटेल मोबाइलको नयाँ स्मार्ट फोन भिजन १ पनि सार्वजनिक गरी बजारमा ल्याएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस