२०७९ माघ १३, शुक्रबार

गरिमा बैंकको तुलसीपुरमा पनि शाखा स्थापना

चैत्र २४, २०७५  | १३७६ पटक पढिएको

२४ चैत्र, तुलसीपुर / गरिमा विकास बैंकले दाङको तुलसीपुरमा पनि शाखा स्थापना गरको छ । दाङसहित देशभर शाखा विस्तार गरको बैंकले तुलसीपुरमा ७५ औँ शाखा स्थापना गरेको हो ।

बैंकले आज (आईतबार)देखि आर्थिक कारोबार शुरु गरेको बैंकका तुलसीपुर शाखा प्रबन्धक दीपीन डोटेलले जानकारी दिए । बैंकले बचत,कर्जा, इन्टरनेट बेंकिङ, सि—आस्वा, मोबाईल बैंकिङ लगायतका सेवा प्रदान गर्ने प्रबन्धक डोटेलले बताए ।

बैंकको तुलसीपुर शाखाबाट पनि एटिएम सेवा प्रदान गरिने उनको भनाई छ । तुलसीपुर शाखामा तीन जना स्थानीयलाई रोजगारी प्रदान गरेको र अरु पनि स्थानीयलाई रोजगारी प्रदान गर्ने उनले बताए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले दाङमा घोराही र तुलसीपुरमा शाखा स्थापना गरेको हो । बैंकले ग्रामिण भेगका धेरै भन्दा धेरै नागरिकलार्इ बैंकिङ कारोबारमा जोड्ने र सेवालाई विस्तार गर्दै लैजाने उनले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस