२०७९ माघ २६, बिहीबार

बस दुर्घटना हुँदा १४ जनाभन्दा बढी घाइते

चैत्र २४, २०७५  | ९९४ पटक पढिएको

२४ चैत्र, दाङ / दाङमा बस दुर्घटना हुँदा १४ जनाभन्दा बढी घाइते भएका छन् । बुटवलबाट महेन्द्रनगरतर्फ जाँदै गरेको लु १ ख ८६ ३० नम्बरको बस लमही नगरपालिका ३ फल्कापुरमा दुर्घटना भएको हो ।

करिब ४५ जना यात्रुहरु सवार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट नर्तिले जनाएको छ ।

सडकदेखि करीब २० मिटर तल खसेको बस दुर्घटनाबारे थप विवरण केही बेरमै आउँदै छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस