२०७९ माघ २४, मंगलबार

मिल व्यवसायीको १० औं वार्षिक साधारणसभा सम्पन्न

चैत्र २३, २०७५  | १२२५ पटक पढिएको

चैत्र २३ विजौरी,
दाङ देउखुरी मिल व्यवसायी समितिको १० औं साधारणसभा दाङको विजौरीमा सनिबार विजौरीमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षता एबम् तुल्सीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली वहादुर बस्नेतको प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभामा वोल्ने वक्ताहरुले मिल व्यवसायीहरु मर्कामा परको भन्दै देशमा भैरहेको अस्वाभाविक विद्युत शूल्क वृद्धि, कामदारको ज्यालामा वृद्धि, मिलका पार्टसहरुको मुल्यमा वृद्धिका कारण दिन प्रतिदिन मिल व्यवसायीहरु मर्कामा परेको भन्दै गुनासो गरेका थिए ।
समितिका उपाध्यक्ष सुनिल कुमार न्यौपानेको स्वागत मन्तव्यवाट सुरु भएको उक्त कार्यक्रममा विजौरी सिउद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष नर वहादुर ढकाल, प्रहरी चौकी हेमन्तपुरका चन्द्रा के.सी, सल्लाहाकार खुशल खड्का, टेक वहादुर डाँगी, मिल व्यवसायी रेखा बस्नेत, उपेन्द्र वहादुर घर्ति लगाएकाले वोलेका थिए ।

उक्त सभामा सचिव गोपाल प्रसाद उपाध्यायले साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष पूर्ण वहादुर वुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको उक्त सभाको सहजिकरण सचिव गोपाल प्रसाद उपाध्यायले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस