जनता विद्यापीठ पूर्व विद्यार्थी सम्मेलन हुने


२१ चैत्र, बिजौरी / जनता विद्यापीठ पूर्व विद्यार्थी सम्मेलन भोली(शुक्रबार) बिजौरीमा हुने भएको छ । सम्मेलनमा वर्तमान अवस्थामा संस्कृत शिक्षाको विषयमा कार्यपत्र प्र्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । वर्तमान समयमा संस्कृत शिक्षाको बारेमा प्रचार प्रसार कम भएका कारण जनता क्याम्पसका पूर्व विद्यार्थीहरुले कार्यक्रम आयोजना गरेको पूर्व विद्यार्थी समाजका संयोजक विष्णुप्रसाद आचार्यले जानकारी जानकारी दिएका छन् ।

सम्मेलन चैत २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुनेछ । उद्घाटन नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष वेणीमाधव ढकाल, राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, प्रदेश सभा संसद अमरबहादुर डाँगीले गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पूर्व प्राचार्यहरुबाट स्थानेश्वर गौतमलाई सम्मान गरिने छ ।
त्यसैगरी पूर्व विद्यार्थीहरु गदाधर पौडेल, भरतराज शर्मा, पदमप्रसाद रेग्मी, ऋषिराज रेग्मी, विमला शर्मा, पुष्पा गौतम, गेहेन्द्र चुडामणी रजौरेलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । शुक्रबार बिहान ११.३० बजे जनता क्याम्पसमा हुने कार्यक्रममा उपस्थितिका लागि संयोजक विष्णुप्रसाद आचार्यले सम्पूर्ण जनता क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुमा विज्ञप्तिमार्फत आग्रह गरेको प्रचार प्रसार समितिका सदस्य गोकर्ण पौडेलले जानकारी दिएका छन् ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस