व्यवस्था फेर्न हिडेका रामचन्द्र अवस्था फेर्न फर्किए

साउन १६, २०७७  |  २८९ पटक पढिएको

गोकर्ण पौडेल १६, साउन, बिजौरी/सत्य युगका रामचन्द्र १४ वर्ष वनबासपछि जन्मभूमि फर्किएको कथन छ । तर कलि युगका रामचन्द्र ६ वर्षसम्म युद्ध लडी विदेशतिर लाग्नुभयो ।

६ वर्षसम्म देशको अवस्था फेर्नका लागि युद्धमा होमिनुभएका रामचन्द्र खड्कालाई आफ्नो आर्थिक अवस्था फेर्न सात वर्ष विदेशकै माटोमा रम्नुपर्याे । अर्काको भूमिमा काम गरेर खासै उपलब्धि प्राप्त गर्न नसकेपछि रामचन्द्र स्वदेशमै फर्की ‘कृषि मुलश्च जीवनम्’ मूलमन्त्रलाई शिरोधार्य गर्दै कृषि पेशामा लाग्नुभएको छ ।


तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को स्थानगाउँमा २३ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायीकरुपमा कागती खेती सुरु गर्नुभएका रामचन्द्र फल मात्रै बेच्ने होइन बिरुवा समेत तयार पार्न थाल्नुभएको छ ।

पन्ध्र सय बिरुवा रापेका रामचन्द्रले यसै वर्षदेखि बिरुवा समेत उत्पादन गर्न थाल्नुभएको छ । रामचन्द्र भन्नुहुन्छ ‘एउटा बिरुवाबाट बिसदेखि पचास वटासम्म नयाँ कलमी बिरुवा तयार पारिएको छ ।’ एउटा बिरुवाको मूल्य दुई सय पचासदेखि तीन सय रुपियाँ रहेको छ ।

दाङ जिल्लामा मात्रै यसै वर्ष दश हजार कागतीको बिरुवा उहाँको फर्मबाट बिरुवा उत्पादन पूर्व नै माग गरिएको छ । काठमाडौ, नेपालगञ्ज, रसुवालगायतका जिल्लाबाट समेत बिरुवा माग भएको रामचन्द्र बताउनुहुन्छ ।


पहिलो चरणमा बिस हजार बिरुवा उत्पादन गरिएको छ भने असोज महिनाबाट उत्पादन गरिएका बिरुवा बिक्रि वितरण सुरु गरिने रामचन्द्र खड्काले बताउनुभयो ।

रामचन्द्रको लक्ष्य बिरुवा उत्पादन मात्रै होइन सुरुको चरणमा एक घर एक कागती बिरुवाको अभियान समेत रहेको छ । बिरुवा उत्पादनका लागि हालसम्म तीन लाख खर्च लागेको छ ।

सूर्या जैविक कृषि केन्द्र प्रालिको फर्म दर्ता गरी कागती खेती गर्दै आउनुभएका रामचन्द्रले एक वर्षको अवधिका एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ ।


बोनसमा कागती


जसरी व्यापारिक रणनीति हुन्छन् त्यसैगरी रामचन्द्रको कागती बिक्रिमा समेत छुट्टै रहेको छ । पाँच केजी कागती लैजाने सेवाग्राहीले एक केजी बोनस प्राप्त गर्ने व्यवस्था समेत रहेको छ ।

हाल कागतीको मूल्य एक सय रुपियाँ प्रति केजि रहेको छ । कागतीको रसका साथ अचारमा समेत प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार