२०७९ माघ २४, मंगलबार

थारु साँस्कृतिक भवन, सामुदायिक भवन तथा गुरुदेव भवन निर्माण स्थलको अवलोकन

चैत्र २१, २०७५  | १०९४ पटक पढिएको

– तिर्थराज ज्ञवाली
२१ चैत्र, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिकामा प्राप्त तराई मधेश समृद्ध कार्यक्रम तथा सांसद क्षेत्र विकास कोष अन्तरगतका दुई वटा योजना स्थलको राप्ती गाउँपालिका बाट अवलोकन गरिएको छ ।

विहिवार तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गतको राप्ती गाउँपालिका वडा नं. ६ बगरापुर स्थित थारु साँस्कृतिक भवन र सांसद क्षेत्र विकास कोष सांसद मेटमणि चौधरीबाट प्राप्त वडा नं. ७ छोट्की सिसहनिया स्थित सामुदायिक भवन तथा गुरुदेव भवनको अवलोकन गरिएको हो ।

स्थलगत अवलोकनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगद प्रसाद भुसाल, वडा नं ६, ७ का अध्यक्ष द्धय बेद प्रसाद चौधरी, विद्याशरण चौधरी, रेशमराज अधिकारी लगायतको सहभागीता रहेको थियो ।

तराई मधेश समृद्ध कार्यक्रम अन्तरगतको राप्ती गाउँपालिका वडा नं ६ बगरापुर स्थीत थारु सास्कृतिक भवन निर्माणका लागि करिव ६५ लाख रुपैया तथा सांसद क्षेत्र विकास कोष सांसद मेटमणि चौधरी बाट प्राप्त वडा नं ७ छोट्की सिसहनिया स्थीत सामुदायिक भवन तथा गुरुदेव भवन मर्मतका लागि २४ लाख ६० हजार बराबरको रकम स्वीकृत भएकोमा कार्य सुरुवातको लागि गाउँपालिकाबाट स्थल गत अनुगमन गरिएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस