२०७९ माघ २१, शनिबार

कर्णालीको विकट जिल्लामा आँखा शिविर

चैत्र २१, २०७५  | १३३८ पटक पढिएको

घर आगनमै शल्यक्रिया सेवापाएपछि स्थानीय हर्षीत

– शरद रेग्मी
२१ चैत्र, कालीकोट / कर्णाली प्रदेशको कालीकोटमा दुई दिने निः शुल्क आँखा शिविर सुरुभएकोछ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले कर्णाली प्रदेशमा आँखा उपचार सेवा पुर्याउने लक्ष्य लिइएसँगै विहिवार देखि शिविर सुरु गरेको हो । नेपाल नेत्रज्योति संघ कालिकोटको आयोजना कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

नेपाल नेत्रज्योति संघ कालीकोट शाखाका सभापति खडानन्द पाण्डेको सभापतित्व, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्य तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य, कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शाहीले कर्णाली प्रदेशका जनतालाई घर आँगनमै आँखा उपचार सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । त्यस्तै संघका केन्द्रिय सदस्य, कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीले कर्णाली प्रदेशका जनतालाई निःशुल्क आँखा उपचार सेवा दिन प्रदेश सरकारसँग अवधारणा पेस गरेको र सोही अनुरुप काम सुरु गरेको बताए । उनले अब कोही कसैले पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित हुन नपर्ने बताए ।

‘अब कोही पनि आर्थिक अभावका कारण उपचार सेवा नपाई दृष्टि विहिन्ताको समस्याबाट बस्नुपर्ने छैन हामीहरुले प्रदेश सरकारसँग समन्वय गरी कर्णाली प्रदेशका जनतालाई उज्यालो प्रदान गर्नेछौं’– गिरीले भने । दाङ शाखाका सभापति समेत रहेका गिरीले प्रदेश सरकारले आँखा उपचार सेवाका लागि दुई करोड रकम दिने बचन दिएको समेत बताए । ‘अब हामीहरु कर्णाली प्रदेशका सबै स्थानमा पुगी आँखा उपचार सेवा दिनेछौं, जुम्ला र कालीकोटमा शिविर आयोजना गरी सयौंलाई उज्यालो दिएका छौं उनले भने । कर्णाली प्रदेशमा मोतिविन्दुका कारण धेरैले दृष्टि विहिनताको समस्या खेपेको भन्दै अब त्यसलाई न्यूनिकरण गर्ने बताइएको छ । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्का, राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डाक्टर सुरेश रसाइलीले आफुहरुले कर्णाली प्रदेशमा मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने लक्ष्य रहेको बताए । दृष्टि विहिन्तालाई न्यूनिकरण गर्न सहयोगी बन्न आएको भन्दै सबै जनतालाई सहज सेवा दिने बताएका थिए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य नन्दबहादुर शाही, रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीलगायतले बोलेका थिए । कार्यक्रममा कालिकोटका ८२ वर्षिय आइले तिरुवाले घर आँगनमै विशेषज्ञ डाक्टरबाट शल्यक्रियाका साथै आँखा चेकजाँच गराउन पाउँदा आफुहरु खुसी भएको बताएका थिए ।

त्यस्तै जुम्ला– १ का ८९ वर्षिय शेरे सार्कीले पनि पहिलोपटक आँखा चेकजाँच गराएको र निःशुल्क चश्मा पाउँदा खुसीभएको बताएका थिए । शिविरमा पहिलो दिन सात सय बढीको आँखा चेकजाँच र एकसयबढीको मोतिविन्दुको शल्यक्रिया गरिने राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताए ।

राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डा.सुरेश रसाइली, नेत्रअधिकृत, नेत्रसहायकलगायत २० जनाको प्राविधिक टोलीले शल्यक्रिया तथा आँखा चेकजाँच गर्ने सूचना अधिकारी बालाराम खड्काले जानकारी दिएका छन् । दुई दिन सम्म सञ्चालन हुने शिविरमा अछाम, जुम्ला, दैलेख कालिकोटका विभिन्न जिल्लाबाट एक दिन अघीनै कालीकोटको मान्म बजार आइपुगेका थिए ।

Photo Features:

   

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस