२०७९ माघ १३, शुक्रबार

“सबै सहकारीहरु एकिकृत नहुँदा सम्म अभियान सफल हुँदैन” – अध्यक्ष चौधरी

चैत्र २०, २०७५  | १२८८ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२० चैत्र, दंगीशरण (दाङ) / दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सबै सहकारीहरु एकिकृत हुन नसक्दा सम्म सहकारीको अभियान सफल नहुने बताएका छन् । छरिएको अवस्थामा रहेका सहकारीहरु अब एक बनाए मात्र सहकारीको अभियानले सार्थक्ता पाउने उनको भनाई थियो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी बचत गरौँ, भविष्य उज्वल बनाऔँ भन्ने मुल नाराका साथ आज बुधवार दंगीशरण गाउँपालिकामा भएको ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बोल्दै अध्यक्ष चौधरीले ऋणलाई सहि कार्यमा लगानी गरी सहकारीमा बचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले सहकारीलाई उत्पादनमुखी बनाउन कृषिमा उत्पादनलाई बढाई बजारिकरण गरेर सहकारीमा जम्मा गरी ऋणलाई लिने र दिने कुरालाई बलियो बनाउनुपर्ने आवश्यक रहेको बताए ।

 सहकारीमा बचत भन्दा पनि ऋण झीकेर लगानी गर्नुपर्छ भन्ने मानसिक्ताका कारण सहकारी संस्थाहरु डुबेको उनको तर्क थियो । अध्यक्ष चौधरीले भने— “सहकारी मात्र नभएर सहकार्य हुन जरुरी छ त्यसैले बर्षको एक दिन मात्र नभएर सहकारीका बिषयमा सधैँ छलफल गर्नुपर्छ अनि मात्र सहकारी सस्ंथालाई सधैँका लागि बलियो बनाउन सकिन्छ । यसका लागि गाउँपालिकाबाट सहकारीका लागि गर्न सक्ने सहयोग जे गर्न पनि तयार छु, तपाईहरु कामलाई अगाडि बढाउँनुस्” कार्यक्रममा गाउँपालिाकाका निमित्त कार्यकारी प्रमुख चक्र बहादुर भण्डारी, रानी जरुवा कृषि सहकारी सस्ंथाका अध्यक्ष यम नारायण चौधरी, साना किसान सहकारी सस्ंथाकि योगमाया के.सी, तिलकन्या सहकारी सस्ंथाका अध्यक्ष मोहन चौधरी, गुर्बाबा सहकारी सस्ंथाका महेन्द्र चौधरी लगायतले बोलेका थिए ।

दिवसका अवसरमा गाउँपालिकामा भएका २६ वटा सहकारी सस्ंथाहरुले र्याली निकालेका थिए । गाउँपालिकाको कार्यालयबाट शुरु भएको र्याली ईलाका प्रहरी कार्यालय पुगी पुनःगाउँपालिकामा आएर कोण सभामा परिणत भएको थियो । हेकुली धनौरी सहकारी सस्ंथाका सयोंजक केशव गौतमको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यता तथा निमित्त कार्यकारी प्रमुख चक्र बहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । उमा बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको शहजीकरण साना किसान कृषि सहकारी सस्ंथा श्रीगाउँका प्रबन्धक दिप बहादुर चौधरीले गेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस