२०७९ माघ १७, मंगलबार

नेपाल बैंक लिमिटेडको सेवा विस्तार तुलसीपुरमा

चैत्र २०, २०७५  | १२१६ पटक पढिएको

२० चैत्र, तुलसीपुर / सर्वसाधरण नागरिकलाई सहज रुपमा बैंकिङ सेवा पु(याउने उद्देश्यले नेपाल बैंक लिमिटेडले दाङको तुलसीपुरमा शाखा विस्तार गरेको छ । यो सहित बैंकले देशभर एक सय ६० वटा शाखा मार्फत बैंकिङ सेवा दिन सुरु गरेको हो । पहिलो दिनमै तुलसीपुर शाखामा एक सय ६० जनाले नयाँ खाता खोलेर कारोबोर सुरु गरेको नेपाल बैंकका म्यानेजर विश्वराज अधिकारीले जानकारी दिए । नेपाल बैंकका, प्रदेश प्रमुख पाशाङदोर्जे शेर्पा र बैंकका घोराही प्रबन्धक चन्द्रप्रकाश अधिकारीको उपस्थिीतमा तुलसीपुर शाखाले बुधबार देखिनै बैंकिङ सेवा सुरु गरेको हो । म्यानेजर अधिकारीका अनुसार निकट भविष्यमा लमही र भालुवाङमा पनि नेपाल बैंकको शाखा विस्तार गरिनेछ ।

एघार अर्ब पुँजी रहेको बैंकमा कृषी कर्जा, सस्तो सुलभ कर्जासेवा, सुनचाँदीकालागि लकर सेवा, आधुनिक बैंकिङ सुविधिा सहित, राजश्व पनि बुझाउन सकिने सुविधा रहेको बैंकले जनाएको छ । सबै स्थानीय तहहरुमा बैंकिङ पहुँच पुर्याउने राष्ट्र बैंकको योजनालाई सघाउँदै नेपाल बैंकले शाखा विस्तारलाई प्राथमिकतामा राखेको म्यानेजर अधिकारीले बताए । तुलसीपुरमा यो बैंक संगै वित्तिय कारोबार गर्ने बैंकको संख्या दुईदर्जन पुगेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस