२०७९ माघ १७, मंगलबार

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै –बहकरी

चैत्र २०, २०७५  | १५३४ पटक पढिएको

यमकला भुसाल,
तुलसीपुर चैत २०, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी स्थित गनारीका दलबहादुर बहकरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दे आएका छन् । कुनै समय अर्काको ज्याला मजदुरी काम गर्ने ,भारतमा कमाउन जाने बहकरी विगत १ दशक देखि गाउँमै व्यवसायीक तरकारी खेती गर्दे आइरहेका छन । उन हिजो आज पनि तरकारीको रेखदेखमा नै व्यस्त हुनुहुन्छ । हाल ११ कठ्ठा जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गर्दे आएको उनको भनाई छ ।

पछिल्लो समय उनी बेमौसमी तरकारी तर्फ आर्कषित छन् । यो सिजनमा तरकारीले भाउ पाउने भएकाले बेमौसमी तरकारीर्तफ आर्कषित भएको बहकरीले बताए । ५ कठ्ठा आफ्नो र अरुको ६ कठ्ठा जमिन भाडामा लिएको छु,बेमौसममा लगाएको तरकारीको भाउ पनि छ,बहकरीले भन्नुभयो,बजारको पनि समस्या छैन,यसरी नै घरधन्दा धानेको छु् । उहाँले कुनै तरकारी टनेलमा लगाउनुहुन्छ भने कुनै तरकारी खुला रुपमै । पहिले आफ्नै शैलीमा खुल्ला रुपमा सिजन अनुसार तरकारी लगाउथ्यौ,तरकारी फल्ने समयमा भाउ नपाउनाले बोटमै कुहिएर जाने गथ्र्यो,उनले भने। आम्दानी पनि त्यति नहुने र पानीको समस्या भएपछि विगत केही वर्षदेखि उपयुक्त सिंचाईको सुविधा भएसँगै बेमौसमी पनि तरकारी खेती गर्न थालेको उनले बताए । उनले लौका, काक्रो, भाटा, टमाटर खुर्सानी, लसुन प्याज,गोपी, काउली, सिमी लगाएतका तरकारी खेती गर्दे आएको बताए ।

बहकरीले वार्षिक १ देखि डेढ लाख सम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताए । यसले जीवनस्तरमा पनि धेरै परिवर्तन आएको उनको भनाई छ । तरकारी खेतीबाट नै २ छोरा छोरीलाई बोडीङ् स्कुलमा पढाउदै आएको छु, यसैबाट घर खर्च पनि टरेको छ ,उनले भने । उनले बजारको माग अनुसार तरकारी बिक्री गर्ने गरेको र नबिकेको खण्डमा कहिले काही गाउँ तिर बेच्न पनि लैजानु पर्ने बताए।

साथै उनले सरकारले किसानहरुलाई हेर्ने दृष्टि परिवर्तन हुनुपर्ने पनि बताए । अहिलेको सरकारको महंगीले गर्दा किसानहरु मरमा परेका छन, सरकारले बजार व्यवस्थापनमा ध्यान दिए केही किसानले राहत पाउने थिए,उनले भने।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस