२०७९ माघ २१, शनिबार

स्वास्थ्य प्रवद्र्धन तथा परामर्श कार्यक्रम

चैत्र १९, २०७५  | ११९३ पटक पढिएको

– कपिल लामिछाने
१९ चैत्र, दाङ / तुलसीपुर उपमहानगरपालिका वडा नं ८ मा रहेको शहरी स्वास्थ्य प्रवद्धृन केन्द्रले आज एक कार्यक्रमको आयोजना गरि बिरामीहरुको चेकजाँच साथै परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस क्षेत्रका स्थानियबासीहरुको मागलाई मध्यनजर गर्दै केन्द्रले आज करिब ६० जना बिरामीहरुलाई रोगहरु कसरी लाग्छन् , रोग लाग्न नदिन के कस्ता उपायहरु अपनाउनुपर्छ भन्ने बारेमा विशेष परामर्श दिएको थियो ।

११ जनालाई मृगौला सम्बन्धी सामान्य लक्षण देखा परेपछि उनिहरुको पिसाव संकलन गरि चेकजाँच थालिएको ल्याव टेक्निसियन तिलक भुसालले बताए । शहरी स्वास्थ प्रर्वद्धन केन्द्रका ईन्चार्ज लेखनाथ न्यौपानेले परामर्श दिएको उक्त कार्यक्रममा ब्ज्ब् गणेश पौडेल र स्टाप नर्स निशा वलीले बिरामीको चेकजाँच गरेकी थिइन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस