बलिउडका हाँस्य कलाकार जगदिपको निधन, बलिवुडमा पछिल्लो ३ महिनामा ५ हस्तीको निधन

असार २५, २०७७  |  १२१ पटक पढिएको

२५ असार, काठमाडौँ / बलिउडका हाँस्य कलाकार जगदिप (सैयद इस्तियाक अहमद जाफरी)को निधन भएको छ ।

हिजो बुधबार ८१ वर्षीय जगदिपको मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार, जगदिपको बुधबार बिहान साढे ८ बजे आफ्नै घरमा निधन भएको हो ।

चलचित्र शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनी बलिउडमा थप चर्चित बनेका थिए । शोले बाहेक जगदिपले ब्रह्मचारी, नागिन र अन्दाज लगायत चलचित्रमा अभिनय गरेका छन् । उमेर बढेसँगै उनी केही समयदेखि विभिन्न रोगबाट ग्रस्त थिए ।

बलिवुडमा पछिल्लो ३ महिनामा ५ हस्तीको निधन

पछिउडमा पछिल्लो तीन महिनामा ५ जना कलाकारको निधन भएको छ । गत अप्रिल महिनामा इरफान खान र ऋषि कपूरको निधन भएको थियो । त्यसको लगत्तै जून महिनामा सुशान्त सिँह राजपूतले आत्महत्या गरेका थिए भने यसै महिना अर्थात केही दिन पहिला मात्रै सरोज खानको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार