देउखुरीका वन कार्यालद्वारा ७५ प्रतिशत कार्य सम्पादन

सरदसागर देवकोटा  |  असार २५, २०७७  |  १२४ पटक पढिएको

२५ असार, लमही / डिभिजन बन कार्यालय देउखुरीले चालु आर्थिक वर्ष २०७६/७७को वाािर्षक बजेट तथा कार्यक्रम अन्र्तगत ७६ प्रतिशत कार्य सम्पादन गर्न सफल भएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिद्वारा आज लमहीमा आयोजित वार्षिक कार्य प्रगति समिक्षातमक बैठकमा डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति देउखुरीका सदस्य सचिव प्रविण विडारीले कोरोना भाईरसको जोखिमको बाबजुदपनि डिभिजन वन कार्यालय देउखुरीले ७५ प्रतिशत कार्य सम्पादन गर्न सफल भएको बताए ।

कार्यालयले उधोगपर्यटन बन तथा वातावरण मन्त्रालय, संघीय सरकारको शसर्त अनुदान, वन तथा वातावरण प्रदेश पाँच सरकारको पर्यटन विकास तथा प्रवद्र्धन कार्यक्रम र जडिबुटि कार्यक्रम शिर्षकमा विनियोजित ५ करोड ३० लाख ६५ हजार बजेट मध्य ३ करोड ७५ लाख अर्थात् करिब ७५ प्रतिशत कार्य सम्पन्न गर्न सफल भएको वन कार्यालय योजना शाखाका प्रमुख लालबाबु यादवले बताए । वन क्षेत्र समन्वय समितिका अध्यक्ष जितेन्द्रमान नेपालीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश शभा सदस्य ईन्द्र जित चौधरीको प्रमुख आतिथ्यतामा बेैठक सम्पन्न भएको हो ।

वन कार्यालयले एक नगर एक उद्यान कार्यक्रम अन्तर्गत लमही नगरपालिकाको अजम्बरी सामुदायिक वन क्षेत्रमा ३० लाखको लागतमा उद्यान निर्माण, गोबरडिहा गाउँपालिका अन्र्तगत बाघनाथ बाबा जंगलकुटीमा ५० लाखको लागतमा वनस्पति उद्यान निर्माण, बगारबाबा धार्मिक धाम रिहारमा २० लाखको लागतमा पर्यटन पुर्वाधार निर्माण, गढवाको कोयलाबासमा दुईलाख रुपैयाको लागतमा प्रतिक्षालय निर्माण, राप्ती गाउँपालिकामा शिव मन्दिर संरक्ष्ण, गढवाको हशेश्वर मन्दिर टेग्नैयाबाबा मन्दिर संरक्षण लगायतका कामहरु सम्पन्न गरको जानकारी गराईएको थियो ।

त्यसैगरि पोखरी संरक्षण, विजय साल संरक्ष्ण डढेलो नियन्त्रण, चोरीशिकारी नियन्त्रण तथा रोकथाप नेत्रलाल अभागी स्मृति गेट निर्माण, जडिबुटि उत्पादन तथा वितरण, सडक सौन्दर्यकरण कार्यक्रम, फफुलका बिरुवा बिरतण लगाएतका कायहरु गरको जनाएको छ । विगत दुई वर्ष अघि अर्थात् २०७५ साल कार्तिक ७ गते देउखुरीमा डिभिजन वन कार्यालय स्थापना भएपछि वन क्षेत्रबाट हुने चोरी शिकारी नियन्त्रण भएको कार्यक्रममा सहभागिहरुले बताएका थिए ।

कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत देबि चौधरीले गरेका थिए । सो अवसरमा देउखुरी क्षेत्रबाट वन विकासको क्षेत्रमा उत्कृष्ट कार्यमुल्याङकन सहित गढवाको प्रगति सामुदायिक वन दोस्रो, राप्तिको त्रिशक्ति सामुदायिक वन तेस्रो र लमही नगरपालिककाको वनलाई प्रथम पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार