मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम अन्तर्गत बोयर बोका वितरण

असार २३, २०७७  |  २२३ पटक पढिएको

२३ असार, दाङ / मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत शान्तिनगर गाउँपालिका वडा नम्बर ५ र २ मा शत प्रतिशत अनुदान स्वरुप एक एक ओटा बोयर बोका सोमबार एक कार्यक्रम को आयोजना गरि वितरण गरिएको छ ।

बोयर बोका वितरण गरिए पछि वडा नम्बर ५, ६, ७ त्यसै गरि १ र २ नम्बर वडाका किसानहरु प्रत्यक्ष लाभान्वित हुने पशुसेवा शाखा चिराघाटका प्राविधिक चित्र के.सी.ले जनाएका छन् । त्यसै गरि व्यवसायिक किसानहरुलाई निःशुल्क यु एम एम बि मिनरल ब्लक वितरण समेत गरिएको प्राविधिक के.सी.ले जनाएका छन् ।

त्यसैगरि पशु सेवा शाखा चिराघाटले शान्तिनगरका सात वटै वडाहरुमा एक लाख जति घाँसका बिरुवाहरु वितरण समेत गरेको छ । पशु सेवा शाखा चिराघाटको आर्थिक वर्ष २०७६/७७ को स्वीकृत कार्यक्रम अनुसार शाखाले बहु वर्षिय तथा भुँई घाँसका बडहर, टांकी, किम्मु, सुपर नेपिएर, सिमोयर नेपिएर र भटमासे घाँस सात वटै वडाका ४ हजार बढी किसानहरुलाई वितरण गरिएको शाखा प्रमुख देवराज आचार्यले जनाएका छन् ।

कार्यक्रममा शाखाका प्राविधिक अमर ओलि, कृष्ण चौधरी र घनश्याम ओलि समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार