विजौरी उद्योग वाणिज्य संघद्धारा आर्थिक सहयोग हस्तान्तरण


१९ चैत्र विजौरी,
दाङको विजौरीकी ३२ वर्षिय सिता चौधरीलाई विजौरी उद्योग वाणिज्य संघले १३ हजार पाँच सय २० रुपैया उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आर्थिक अवस्था अत्याधिक कम्जोर भएकोले उपचारमा समस्या हुन थालेको भन्दै विजौरी उद्योग वाणिज्य संघको पहलमा विजौरीका उद्योगी व्यवसायीहरुवाट संकलित रकम हस्तान्तर गरिएको हो ।
लामो समयदेखि जण्डीस र सुगरले ग्रस्त चौधरीलाई विजौरी उद्योग वाणिज्य संघ का अध्यक्ष मुकेश वलीको एक टोली उनकै घरमा गई सहयोग रकम हस्तान्तरण गरेको थियो । उक्त रकमले केहि राहत गर्ने र सहयोगको लागि पनि आग्रह गरिएको छ ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस