६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा वक्त्तृत्व कला प्रतियोगिता सम्पन्न


१८ चैत्र, घोराही (दाङ) / ६२ औं राष्ट्रिय सहकारी दिवस सप्ताह व्यापी रुपमा मनाउने क्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ली.(नेफ्स्कून) फिल्ड कार्यालय दाङ्गको आयोजनामा “दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी” विषयक खुल्ला वक्त्तृत्व कला प्रतियोगिता दाङको पद्योदय क्याम्पस घोराहीमा सम्पन्न भएको छ । नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य अञ्जन कुमार पौडेल अध्यक्षता एवम जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङ्ग जिल्लाका विभिन्न सहकारी संघ संस्था, क्याम्पस तथा उच्च मा.वि.का ५० बढिको सहभागीता रहेको थियो भने १४ जना प्रतिस्पर्धीहरुले आ आफ्नो वक्त्तृत्व कला प्रस्तुत गरेका थिऐ ।

कार्यक्रममा कृषि सहकारी संघ दाङ्गकी अध्यक्ष पद्या आचार्य, बहुउद्देश्यीय सहकारी संघ दाङ्गका अध्यक्ष कृष्ण प्रसाद गौतम, पद्योदय क्याम्पस दाङ्गका क्याम्पस प्रमुख निश्चल आचार्य, नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुप बहादुर खत्री, निर्णायक मण्डलका सदस्य शुसिल गौतम लगाएतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नेफ्स्कूनले आयोजना गरेको यस प्रकारको कार्यक्रमले युवा पिढिमा सहकारी प्रति अथाह भरोसा रहेको स्पश्ट पारेको कुरा व्यक्त गरे । उनले दिगो विकास लक्ष्य प्राप्तीका लागी साच्चै नै सहकारीले अतुलनिय योगदान पुर्याउने र त्यो कार्यमा सबैले आआफ्नो क्षेत्रबाट डटेर लागी परे मात्रै दिगो विकास लक्ष्य प्राप्ती सम्भव रहने कुरा व्यक्त गरे । प्रतियोगितात्मक कार्यक्रममा ज्ञानदिप कलेजका छात्र तेज कुमार डाँगीले प्रथम स्थान अम्बिकेश्वरी क्याम्पसका छात्र दिपक भण्डारीले द्वितिय स्थान र भि.एन.कलेजकी छात्रा खगिन्द्रा विष्टले तृतिय स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा विजयी छात्र÷छात्रा लाई प्रमुख अतिथी शर्मा, सभाध्यक्ष, लगायत अन्य अतिथिहरुले प्रमाणपत्र, ट्रफि लगायतका पुरस्कार प्रदान गरेका थिए । नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुरेन्द्र बहादुर खड्गाको स्वागतमन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेफ्स्कून फिल्ड कार्यालय दाङ्गका इन्चार्ज वेद प्रसाद भट्टराइले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस