२०७९ माघ १३, शुक्रबार

कृषिलाई आधुनिकिकरण गर्नमा जोड कृषि

चैत्र १८, २०७५  | ८४४ पटक पढिएको

– बिमल योगी
१८ चैत्र, दाङ / परम्परागत कृषि पेशालाई आधुनिकिकरण गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

घोराही उप महानगरपालिका वडा नम्वर ७ को आयोजनामा डवरगाउँमा सञ्चालित कृषि सचेतना तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कृषि पेशालाई व्यवसायीकरण र मर्यादित बनाउन आधुनिक बिउबिजन तथा मेसिनरी सामाग्री प्रयोग गर्नुपर्ने उनिहरुको जोड थियो । वडाका जेष्ठ सदस्य छन्द बहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षक कमल रेग्मी, वडा सदस्य गोमा नेपाली, वडा सचिव चन्द्रबहादुर केसी, सहभागी हिमलाल महरा, शान्ता चौधरी लगायतले बोलेका थिए ।

दुई दिन सम्म चलेको तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षकहरुमा दिपक बुढाथोकी, कमल रेग्मी लगायतका रहेका थिए । तालिमको समापन सामाजिक परिचालक बिमल योगीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस