२०७९ माघ २१, शनिबार

सवारी दुर्घटनामा एकको मृत्यु

चैत्र १८, २०७५  | ८४२ पटक पढिएको

१८ चैत, मुग्लिन / चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठक्कर खाँदा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

धमलाको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको प्रमुख गिरीले बताउनुभयो । दुर्घटनामा भ्यानका चालक सामान्य घाइते भएका छन् । दुर्घटनाका कारणबारे अनुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस